×

NEPAL TIMES UPDATES

Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026
Playing
UFO बाट ४ एलियन निकालिएको अनुसन्धानकर्ताको दाबी, कति सत्यता ?|| Nepal Times
May 17, 2026
Playing
विश्व कीर्तिमानधारी कामिरिता र लाक्पा शेर्पालाई प्रधानमन्त्रीको सम्मान || Nepal Times
May 17, 2026
Playing
ओलीले दिएको त्यो ’लाचार’ अभिव्यक्ति, ’पार्टी चाँही नफुटाउनू’!|| Nepal Times
May 17, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-03-2083 || Nepal Times
May 17, 2026
Playing
अस्ट्रेलियामा घरबारविहीनहरूको संख्या चार गुणासम्म बढ्ने || Nepal Times
May 17, 2026
Playing
सुकुम्बासीले काठमाडौंमा पाएनन् घर भाडा, १५ हजार दिए के गर्नु ?|| Nepal Times
May 17, 2026
Playing
राउल क्यास्ट्रोविरुद्ध अभियोग दर्ता गर्ने अमेरिकाको तयारी || Nepal Times
May 17, 2026
Playing
अब सरकारले विद्युतीय चुलोमा अनुदान दिने,एलपी ग्यासमा अनुदान नदिने || Nepal Times
May 17, 2026
Playing
इबोला विश्वकै लागि खतरा, क्यानेडियन नागरिकलाई पनि हान्टाभाइरस पुष्टि || Nepal Times
May 17, 2026

मन्त्रीसहितको टोलीले वीपीलाई सोध्यो – भेन्टिलेटर कसरी बिग्रियो ?

२९ आश्विन २०७७

२९ असोज, विराटनगर।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताललाई चुस्त दुरुस्त राख्न पदाधिकारीलाई निर्देशन दिएका छन् । कोभिड अस्पतालमा बेतिथि बढेको भन्दै बिहीबार मन्त्री घिमिरेको टोली प्रतिष्ठान पुगेको थियो ।

कोभिड १९ अस्पताल संचालन भएको ४ महिनामा नै उपकरणहरु विग्रिनुको कारण र कोरोनाका गम्भिर प्रकारका विरामीहरुले कोभिड अस्पतालमा उपचार नपाउनुको कारणबारे मन्त्री घिमिरेले जानकारी लिएका थिए । उनले प्रतिष्ठानका कमजोरीहरु तत्काल सुधार गर्न पदाधिकारीलाई निर्देशन दिएका छन् ।

Advertisement
Advertisement

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले प्रतिष्ठानको कोभिड १९ अस्पताल संचालन भएको ४ महिनामानै कसरी भेन्टिलेटर विग्रियो भनेर प्रतिष्ठानका पदाधिकारीहरुलाई प्रश्न गरेका थिए । प्रतिष्ठानको कोभिड अस्पतालमा धरानको मात्रै नभई प्रदेश र प्रदेश बाहिरका गम्भिर प्रकृतिका विरामीले उपचार पाउनु पर्नेमा पछिल्लो समय उपचार नपाईरहेको गुनासो आएको भन्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले प्रतिष्ठानको बेतिथिको बारेमा प्रश्न उठाएका थिए । बैठकमा प्रमुख जिल्ला अधिकारी पोखरेलले बुँदागतरुपमा डेढ दर्जन जति सुझावहरु प्रतिष्ठानका पदाधिकारीहरुलाई दिएका थिए ।

सामाजिक विकास मन्त्रीसंगै प्रतिष्ठानमा मन्त्रालयका सचिव, प्रदेश ल्याब प्रमुख, स्वास्थ्य महाशाखा प्रमुखको सहभागिता रहेको थियो । बैठकमा प्रतिष्ठानको धर्मशालालाई आइसोलेसनबाट पुरै कोभिड अस्पतालको रुपमा विकास गर्नेबारे पनि छलफल भएको बताईएको छ ।

Advertisement

अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अघि बढीसकेको र चाडै पूरा हुने उपकुलपति डा. ज्ञानेन्द्र गिरीले जानकारी दिएका छन् । कोभिड अस्पतालको ९ वटा भेन्टिलेटर मध्ये ५ वटा चलिरहेको र बाँकी ४ वटा विग्रिएकोले मर्मत भईरहेको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताए ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top