ओलीको उपहारमा सजिएका थिए मोदी

२८ बैशाख ७५, शनिबार

काठमाडौं – जनकपुरमा प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले लगाएको पोसाक मिल्नुमा संयोग थियो कि आकस्मिकता ?

Advertisement

शुक्रबार दिनभर ओलीको पोसाकको आलोचना भयो, तर कुरा बेग्लै थियो । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

एमाले नेता राजन भट्टराईका अनुसार मोदीले लगाएको पोसाक ओलीले पठाइदिएका थिए । हातले बुनेका दुवै नेताका मैथिली पोसाक काठमाडौंमै सिलाइएका थिए ।

Advertisement

भारतीय दूतावासले मोदीको शरीरको नाप उपलब्ध गराएको थियो । यस्तो प्रचलन अन्त पनि छ । चीनका राष्ट्रपति सी जिनपिङले गुजरात जाँदा लगाएको पोसाक मोदीको उपहार थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top