अन्तर्राष्ट्रिय लोकवार्ता तथा संस्कृति सम्मेलन शुरु

२८ बैशाख ७५, शनिबार

काठमाडौँ, २९ वैशाख ः ‘लोकवार्ता, लोकजीवन तथा अभौतिक सांस्कृतिक सम्पदा’ को मूल विषयसहित दुईदिने छैटौँ अन्तर्राष्ट्रिय लोकवार्ता तथा संस्कृति सम्मेलन आजदेखि काठमाडौँमा शुरु भएको छ ।

Advertisement

नेपाली लोकवार्ता तथा संस्कृति समाजले आयोजना गरेको सम्मेलनमा लोकवार्ता, संस्कृति, लोकसाहित्य, समाजशास्त्र, मानवशास्त्र, संगीतशास्त्र, भाषा विज्ञान, पर्यटन, भूगोल, कम्युटर विज्ञान तथा इञ्जिनियरिङजस्ता विषयका अनुसन्धान, प्रयोगबारे मन्थन हुनेछ ।

सम्मेलनको उद्घाटन गर्दै शताब्दी वाङ्यमय पुरुष सत्यमोहन जोशीले लोकवार्ता र संस्कृतिलाई दिगो विकासको लक्ष्य र राष्ट्रिय विकासमा जोड्न सक्नुपर्ने बताउँदै यसले राष्ट्रिय जागरणको कामसमेत गर्ने धारणा राखे ।

Advertisement

उनले विकासमा जनसहभागिता गराउन र लोकवार्तालाई प्राज्ञिक अनुसन्धानको विषय बनाउन सरकारले ध्यान दिनुपर्ने विचार व्यक्त गरे ।

भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले आधुनिकता र बेवास्ताका कारण लोकवार्ता र मातृभाषा लोप हुने खतरा भएकाले संरक्षणमा जोड दिनुपर्ने बताए ।

Advertisement

समाजका अध्यक्ष तुलसी दिवसले लोकवार्तालाई विगतको मान्यतामा मात्र नभई भविष्यको गन्तव्यका आधारमा समेत हेर्न आग्रह गर्दै विगतमा गाउँघरतिर मात्रै लोकवार्ता हुन्छ भन्ने सोच राखिएमा अब सहरी क्षेत्रको विकास भइरहकाले लोकवार्ताको आयाम परिवर्तित भएको बताए। उहाँका अनुसार सम्मेलनमा बेलायत, संयुक्त राज्य अमेरिका, इटली, स्पेन, फिनल्याण्ड, लाताबिया, श्रीलंका, भारत, बंगलादेश, थाइल्याण्ड र नेपालका गरी करीब १५० को सहभागिता छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी दीपकराज जोशी, साहित्यकारहरु डा अभि सुवेदी, डा चूडामणि बन्धुलगायतले सम्मेलन सफलताको कामना गरे । सम्मेलनमा विभिन्न ९२ कार्यपत्र प्रस्तुत, लोक कथा वाचन, लोकगीत गायन तथा अन्य कला प्रदर्शन हुनेछ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top