×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘प्रचण्डले बेग्लै पार्टी चलाएको ओलीको आरोप’

२ कार्तिक २०७७

काठमाडाैं: प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप लगाएका छन्। बालुवाटारमा शनिबार दिउँसो कर्णाली प्रदेशका नेताहरूलाई बोलाएर छलफल गर्ने क्रममा प्रधानमन्त्री ओलीले दाहालमाथि त्यस्तो आरोप लगाएका हुन्।

‘एउटै पार्टीका नेताहरूलाई उहाँले बेग्लाबेग्लै भेट गर्नुभयो। समस्या हो, समस्या छ भने त्यसलाई सम्बोधन गर्न सामुन्नेमा राखेर छलफल गर्नुपर्छ। उहाँले त्यसो गर्नुभएन र आज यहाँ बोलाएको पनि आउनुभएन। यसले सन्देश राम्रो जाँदैन,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘विवाद समाधानका लागि आएका एउटै पार्टीका नेतालाई छुट्टाछुट्टै भेटघाट गर्दा छुट्टै पार्टी सञ्चालन गरेको आभास भयो। खैर केही छैन, हामी दुवैजना बस्छौं र तपाईंहरूको समस्यालाई समाधान गर्छौं।’ दाहालले बिहीबार र शुक्रबार बेग्लाबेग्लै समूहमा कर्णालीका नेताहरूसँग छलफल गरेका थिए। शनिबार ओलीले कर्णालीका नेताहरूसँग छलफल गर्ने क्रममा दाहाललाई पनि बालुवाटार बोलाएका थिए तर गएनन्। कर्णाली प्रदेशका इन्चार्ज जनाद्र्धन शर्मा पनि बालुवाटार छलफलमा सहभागी भएनन्।

Advertisement
Advertisement

Advertisement

दाहालले ओलीकै सहमतिमा उनीहरूसँग छलफल गरेको बताइए पनि ओली भने असन्तुष्ट देखिएको जनाइएको छ। शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित यामलाल कँडेल, गोरखबहादुर बोगटी, प्रकाश ज्वाला, मायाप्रसाद शर्मा, गुलाबजंग शाह, चन्द्रबहादुर शाहीलगायत नेताले प्रधानमन्त्री ओलीसँग छलफल गरे। छलफलमा ओलीले प्रदेश सरकार भनेको संघीय सरकारको प्रशासनिक एकाइ भएकाले मन्त्रिपरिषद् पुनर्गठन गर्दा पनि संघीय प्रधानमन्त्रीसँग छलफल गरेर मात्रै गर्नुपर्ने बताएका थिए।, यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top