भूमिहीनलाई जग्गाधनी पुर्जा दिइने

२ कात्तिक ७७, सोमबार

काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अनौपचारिक भू–सम्बन्धको अन्त्य गर्दै जीविकोपार्जनको अवस्था र बसोबासको स्थिति समेतको आधारमा भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गरिने बताउनुभएको छ ।

मन्त्री अर्यालले कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक रहेको चर्चा गर्नुहुँदै अव्यवस्थित जमिनलाई व्यवस्थित, वैज्ञानिक उपयोग र उत्पादन वृद्धि गर्न जमिनको नयाँ वर्गीकरण गर्ने र सो अनुसारको उपयोग गर्ने व्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले ‘नेटवर्क फर डेभलपमेन्ट अफ एग्रिकल्चर को–अपरेटिभ्स इन एसिया एन्ड द प्यासिफिक’को अन्तर्राष्ट्रिय साधारण सभालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने क्रममा सो धारणा व्यक्त गर्नुभएको हो ।

Advertisement

उहाँले प्रविधिमा आधारित पूर्वाधार तयार गर्ने, जग्गा प्रशासनमा सबै जमिन आबद्धता र जग्गाको संरक्षण गर्ने, उत्पादनशील सहकारीमा जोड दिँदै सहकारीमार्फत व्यावसायिक र सामूहिक खेती गर्ने कार्यलाई अगाडि बढाइएको बताउनुभयो ।

उहाँले सहकारी बजार विकास कार्यक्रममार्फत उत्पादन÷प्रशोधन र बजारीकरणमा विशेष जोड दिइने र भूमिको अधिकतम उपयोगका लागि भूमि बैङ्कको अवधारणा ल्याइएको जानकारी दिनुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top