इन्धन मिसावट गरेपछि पेट्रोल पम्प सिल

४ कात्तिक ७७, बुधबार

५ कार्तिक, सुर्खेत ।
पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले अनुगमनका क्रममा मिसावट गरेको पाएपछि शङ्‍कर आयल स्टोर्स सिल गरिएको हो । डिजेल मिसावटले मोटरसाइकलको इन्जिनमा खराबी आएपछि स्थानीय उपभोक्ताले प्रशासनमा उजुरी दिएका थिए ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्रीशमशेर राणा नेतृत्वको अनुगमन टोलीले मङ्गलबार पेट्रोलको नमुना सङ्कलन गरेको थियो । सङ्कलित नमुना नेपाल आयल निगमको काठमाडौंस्थित प्रयोगशालामा पठाउन निगमको प्रदेश कार्यालय सुर्खेतको जिम्मा लगाइएको छ ।

प्रशासकीय अधिकृत राणाले अर्को आदेश नहुन्‍जेलका लागि उक्त आयल स्टोर्स बन्द गरिएको जानकारी दिए । अनुगमन टोलीसमक्ष पम्प सञ्चालक डम्मर महताराले डिजल ट्यांकरबाट तेल खन्याउँदा डिजेलको टंकीमा राख्नुपर्नेमा भुलवश पेट्रोलको टंकीमा मिसिन पुगेको बताएका छन् ।

मिसावटयुक्त पेट्रोल नबेच्‍न आफ्ना कर्मचारीलाई निर्देशन दिइए पनि नयाँ कर्मचारीले केही उपभोक्तालाई पेट्रोल बेचेको उनको भनाइ छ ।

बिक्रेताले इन्धनमा मिसावट गरेको रिपोर्ट प्रमाणित भए पहिलोपटकका हकमा एक लाख रुपैयाँ जरिवानासहित एक महिनासम्म पेट्रोल पम्प बन्द गरिने कानुनी प्रावधान छ । (रासस)

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top