×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026

सिंँगारियो मदन भण्डारीको जन्मघर

५ कार्तिक २०७७

५ कात्तिक, ताप्लेजुङ

बडादशैं २०७७ का संँघारमा जननेता मदन भण्डारी जन्मनुभएको ताप्लेजुङको ढुङ्गेसांँघुस्थित घरलाई अनेरास्ववियुका नेता कार्यकर्ता पुगेर लिपपोत गरेका छन् । अनेरास्ववियु ताप्लेजुङ काठमाडौँ सम्पर्क समितिका सदस्य हेमराज निरौलाकाअनुसार खरले छाएको सो दुईतले घरभित्र अहिले अलैँची थुपारिएको छ, चाँडै मर्मतसम्भार नगरे छाना मक्किएर झर्ने खतरा छ ।

Advertisement
Advertisement

निरौला कुनै बेला पार्टीका सभा, गोष्ठी हुँदा सो घर नेताकार्यकर्ता भरिएर खचाखच हुने गरेको स्मरण गराउँछन् । अहिले त्यस घरलाई नियमित रूपले हेरचाह गर्ने कोही नदेखिए पनि नेकपा निकटका विद्यार्थी तथा युवा पुगेर यसरी नै मर्मतसम्भार गर्ने गर्छन् । बडादशैँ नजिकिएसँगै गाउँका घर चिटिक्क सिँगारिदा आइतबार भण्डारीका घरमा समेत लिपपोत भएको छ ।

अनेरास्ववियुका केही युवाले आइतबार कमेरो माटाले लिपपोत र सरसफाइ गरेका हुन् । निरौलाले बेलायतमा रहेका अर्जुन खिम्दिङको आर्थिक सहयोगमा लिपपोत गरिएकोे जानकारी दिए । लिपपोत र सरसफाइका लागि अनेरास्ववियु ताप्लेजुङ काठमाडौँ सम्पर्क समितिका अध्यक्ष रुपेन्द्र वनेमसहित आठ विद्यार्थी नेता कार्यकर्ता ढुङ्गेसांँघु पुगेका थिए ।

अनेरास्ववियु सम्बद्ध नेताहरूले नेपालको परिवर्तनकारी आन्दोलन र जननेता भण्डारीको जन्म र बाल्यकालसंँग जोडिएको ऐतिहासिक महत्वको सो घरलाई विशेष रुपले संरक्षण गर्नुपर्ने आवश्यक रहेको बताए । घरकै अगाडि ढिकी रहेका ठाउँमा भण्डारीको जन्म भएको बताइन्छ । उक्त ढिकी अझै पनि देख्न पाइन्छ ।

भण्डारीको जन्म २००९ साल असार १४ गते भएको हो । विसं २०१५ मा गाउँमै एउटा हिउँदे पाठशालाबाट नै भण्डारी औपचारिक शिक्षातर्फ प्रवेश गरेका थिए । पन्ध्र वर्षका उमेरसम्म गाउँघरमा नै भण्डारीको जीवन बितेको थियो । विसं २०२४ मा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा बसाइँ सरेपछि घरसहितको जग्गा स्थानीयवासीले किनेर भोगचलन गरेको र किनबेच हुँदै पछिल्लो समय घरसहित सम्पूर्ण जग्गाको केही भाग मदन भण्डारी स्मृति प्रतिष्ठानका नाममा छ ।

सो क्षेत्रलाई नमूना क्षेत्रका रुपमा विकास गर्न राज्यस्तरबाटै केही कार्यक्रम गर्ने गरी प्रतिष्ठानले घरजग्गा लिएको थियो । पर्यटन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा भण्डारी जन्मघर संरक्षण तथा स्मृति उद्यान निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट चालु आर्थिक वर्षमा रु ३० लाख विनियोजन भएको छ । विनियोजित सो बजेटबाट घरको वरिपरि पर्खालसहितको घेराबार गर्ने र नजीकैको ढुङ्गेधारालाई संरक्षण गर्ने तयारी भएको वडाध्यक्ष सुरेन्द्र लिम्बूले जानकारी दिए ।

Advertisement

उनका अनुसार यसका लागि उपभोक्ता समितिसमेत बनिसकेको छ र दशैँलगत्तै काम शुरु हुने छ । पालिकाको सहयोगमा गत वर्ष नै स्मृति उद्यानसहितका संरचना बनाउन विस्तृत परियोजना प्रतिवेदन भने तयार भइसकेको छ । प्रदेश सरकारबाट प्राविधिक शिक्षालयका लागि संरचना तयार गर्न चालु आर्थिक वर्षमा रु एक करोड विनियोजन भएको अध्यक्ष लिम्बूले जानकारी दिए । त्यसका लागि आवश्यक पर्ने जग्गा खोजी भइरहेको र अरु थप तयारी समेत भइरहेको उनको भनाइ छ ।रासस

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top