कोलकातामाथि सानदार जित निकाल्दै बेंगलोर दोस्रो स्थानमा उक्लियाे

६ कात्तिक, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्समाथि सहज जित निकालेको छ । बुधबार राती शेख जायद स्टेडियम आबूधाबीमा भएको आइपिएलको को ३९ औं खेलमा कोलकातालाई ८ विकेटले पराजित गर्दै बेंगलोर आइपिएलको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको हो ।

जितका लागि ८५ रनको सामान्य लक्ष्य पछ्याएको बेंगलोरले १३.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । बेंगलोरको जितमा कप्तान विराट कोहली १८ र गुरक्रित सिंहमान २१ रनमा अविजित रहे । गुरक्रित सिंहमानले २६ बलमा ४ चौका प्रहार गरे । कोहलीले १७ बलमा २ चौका प्रहार गरे ।

Advertisement

ओपनर देवदत्त पाडिक्कल र आरोन फिन्चले ६.२ ओभरमा ४६ रनको साझेदारी गरेका थिए । लोकी फर्गुसनले विकेटकिपर दिनेश कार्तिकबाट फिन्चलाई १६ रनमा क्याच आउट गराए । फिन्चले २१ बलमा २ चौका प्रहार गरे । दुई बल पछि पाडिक्कल २५ रनमा रन आउट हुन पुगे । पाडिक्कले १७ बलमा ३ चौका प्रहार गरे । कोलकाता लोकी फर्गुसनले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ८ विकेटको क्षतिमा ८४ रन बनाएको थियो । कोलकाता कप्तान ओइन मोर्गनले ३४ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३० रनको योगदान दिए ।

 

कोलकाताले सुरुवात देखिनै खराब प्रर्दशन गरेको थियो । तीव्र गतिका बलर मोहम्मद शिराजले दोस्रो ओभरको तेस्रो बलमा विकेटकिपर एबी डि भिलियर्सबाट ओपनर राहुल त्रिपाठीलाई एक रनमा क्याच आउट गराए । लगत्तै अर्को बलमा नितेश राणा शून्यमा बोल्ड आउट हुन पुगे ।

नवदीप सैनीको तेस्रो ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा सुभमन गिल टप एज लागेर मिडविकेटमा एक रनमा क्रिस मोरिसबाट समातिन पुग्दा कोलकाता ३९३ को कमजोर अवस्थामा पुगेको थियो । गिल दबाबमा सम्हालिन नसक्दा उक्त सट खेलेका थिए । सस्तैमा तीन विकेट गुमाएको कोलकाता मध्यक्रमका ब्याट्सम्यान पनि धेरै समय मैदानमा बिताउन सकेनन् ।

शिराजकोनै चौथो ओभरको तेस्रो बलमा टम ब्यान्टन एज लाग्दै डि भिलियर्सबाट १० रनमा क्याच आउट भएपछि कोलकाता १४९४ को कमजोर अवस्थामा पुगेको थियो । ब्यान्टनले ८ बलमा १ चौका र १ छक्का प्रहार गरे । शिराजले दुबै ओभर विकेटमेडन राखेका थिए । जुन आइपिएल इतिहासमा एकै खेलमा दुई मेडन राख्ने शिराज पहिलो बलर बनेका छन् ।


नवौं ओभरको चौथो बलमा युजभेन्द्र चहलले दीनेश कार्तिकलाई चार रनमा एलबीडब्लू आउट गरे । सुरुवातमा चहलको आग्रहलाई एम्पायरले नमानेपनी कप्तान विराट कोहलीले रिभ्यु लिदै कार्तिकलाई पेभेलियन फर्काए । कार्तिकले १४ बलको सामना गरेका थिए । १३ औं ओभरको तेस्रो बलमा चहलले प्याट कमिन्सलाई ४ रनमा देबदत्त पडिक्कलबाट क्याच आउट गराए ।

कमिन्सले १७ बल खेलेका थिए । स्पिनर वासिन्टन सुन्दरको १६ औं ओभरको चौथो बलमा ठूलो सट खेल्ने धुनमा मोर्गन गुरक्रित मानसिंहबाट क्याच आउट हुन पुगेका थिए । लोकी फर्गुसन १६ बलमा १ चौका सहित १९ रनमा अविजित रहे । कुलदीप यादव १२ रनमा रन आउट भएका थिए ।

 

मोहम्मद शिराजले ४ ओभरमा २ मेडन सहित ८ रन खर्चेर ३ विकेट लिए । युजभेन्द्र चहलले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । वासिन्टन सुन्दरले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर १ विकेट लिए । नवदीप सैनीको नाममा एक विकेट रह्यो ।

बेंगलोरले आइतबार चेन्नई सुपरकिंग्ससँग खेल्नेछ भने कोलकाताले शनिबार दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top