व्यापारी भन्छन्– हिँड्ने बढे, किन्ने बढेनन्

५ कात्तिक ७७, बिहीबार

६ कात्तिक, काठमाडाैँ ।

मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जारी छ । पछिल्लो समयमा सङ्क्रमणले गति लिएको तथ्याङ्कले देखाउँछ । उपत्यकामा आधाभन्दा बढी कोरोनाका बिरामी भेटिन थालेका छन् ।

कोरोनाकालका बीच हिन्दू नेपालीको महान् पर्व बडादशैँको मुख्य दिन आउनैलाग्दा उपत्यकाका अघिल्लो महिनाको तुलनामा व्यापारिक चहलपहल केही बढे पनि सोचेअनुसारका उपभोक्ता बजारमा पुग्न सकेका छैनन् ।

व्यवसायीका अनुसार आधाभन्दा बढी व्यापारमा मन्दी आएको दुखेसो गर्छन् । “कोरोनाका कारण धेरै मानिस उपत्यका भित्रिन सकेका छैनन्, आएकाहरु पनि सकेसम्म बजार जान खोज्दैनन्, असनका मसला व्यापारी लोकेश लामाले भने, “बाध्यताले बजार आउने न्यून छन् ।”

काठमाडौँको महाबौद्ध, असन, इन्द्रचोक, न्यूरोड यहाँको मुख्य व्यापारिक केन्द्र हो । कात्तिक लागेपछि व्यापारिक केन्द्रमा मानिसको चहलपहल बढेको महानगरीय प्रहरी वृत्त जनसेवाले जनाएको छ । त्यसैले अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ । तर खरिद बिक्री भने कम रहेको स्वयं व्यापारीको भनाइ छ । “बजारमा हिँड्ने मान्छे त बढे तर किन्ने बढेनन्”, लामाले थपे ।

व्यापारिक क्षेत्रमा सम्भावित घटना हुन नदिन आवश्यक मात्रामा सुरक्षा व्यवस्था मिलाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए । आवश्यक सुरक्षा योजनासमेत लागू गरिएको छ । सुरक्षा मापदण्ड प्रयोग गरेर आउँदा सामान खरिद बिक्रीमा समस्या नरहेको प्रहरीले जनाएको छ, तर पनि चहलपहल कम नै छ ।

उपत्यकाको सडकमा समेत मानिसको आवागमन निकै कम देखिएको छ । सवारीहरु जोरबिजोर प्रणालीमा प्रयोग गरिएकाले धेरै बाक्लो छैन । विगतको स्मरण गर्ने हो भने चाडबाडको मुखमा नेपालका मुख्य व्यापारिक केन्द्र यतिबेला मानिसको थेगिनसक्नु भीड हुन्थ्यो । सामान बिक्री गर्न व्यापारीलाई भ्याइनभ्याई हुन्थ्यो । भीडले गल्लीका गन्तव्य छिचोल्न मुस्किल पर्दथ्यो ।

नेपालमा गत माघदेखि कोभिड–१९ देखिएको थियो । चैत ११ पछि झण्डै चार महिना बन्दाबन्दी र त्यसपछि निषेधाज्ञा जारी गरेर नियन्त्रणको प्रयास गरिएको थियो । जसका कारण विश्व अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ । त्यसको असर नेपालमा पनि पर्न गएको छ । यद्यपि सरकारले व्यवसाय चलायमान बनाउन आवश्यक सुरक्षा मापदण्डको प्रयोग गरी गतिविधि खुला गरेको छ । अझ धेरै चहलपहल हुने सिनेमाहलजस्ता व्यापारिक केन्द्र खुलेका छैनन् ।

मछेन्द्रबहालका अर्का व्यवसायी विवेक तिमिल्सिना कात्तिक लागेपछि केही चहलपहल भएको तर सोचेअनुसारको व्यापार नरहेको प्रतिक्रिया दिनुहुन्छ । व्यापारीहरु भूकम्प आउँदासमेत यस्तो मन्दी नभएको अनुभव सुनाउँछन् । यसपटक इतिहासकै व्यापारिक मन्दी भएको उनीहरुको बुझाइ छ ।

उपत्यकाको मात्रै होइन, जिल्लाका व्यापारिक केन्द्रमा पनि सोचेअनुसारको चहलपहल हुनसकेको छैन । जसका कारण भाडामा बस्ने व्यवसायीले थप क्षति व्यहोर्नुपरेको छ ।रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top