×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोरोना जितेका स्वास्थ्यकर्मीहरू पुनः बिरामीको सेवामा

७ कार्तिक २०७७

७ कार्तिक, काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको उपचारका लागि अग्रपंक्तिमा खटिएका करिब पाँच हजार स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

संक्रमितको उपचारमा खटिएकामध्ये एक चिकित्सकसहित तीन जना स्वास्थ्यकर्मीको संक्रमणका कारण मृत्यु भएको छ । कोरोना जितेका स्वास्थ्यकर्मीहरू भने पुनः बिरामीको सेवामा फर्किएका छन् ।

Advertisement
Advertisement

चिकित्सकहरूको साझा संगठन नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की भन्छन्, ‘सुविधाको आकर्षणले भन्दा सेवाको भावले स्वास्थ्यकर्मी खटिरहेका छन् ।’

दिनहुँ संक्रमितको उपचारमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीको संख्या ५ हजारभन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले बताए । उनका अनुसार यसरी खटिँदा आफैं संक्रमित भएकामध्ये करिब ७५ प्रतिशत स्वास्थ्यकर्मी निको भइसकेका छन् ।

सबैभन्दा बढी संक्रमण देखिएको काठमाडौं उपत्यकामा दुई महिनायता दिनहुँ करिब ४० जना स्वास्थ्यकर्मी संक्रमित भइरहेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।वासुदेव पाण्डेले बताए ।

सुरक्षित लुगा, फेस मास्क, पन्जालगायत लगाउँदा पनि डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मीहरू अन्य व्यक्तिको तुलनामा बढी संक्रमित भएको श्रेष्ठले बताए । सेवामा खट्दाखट्दै स्वास्थ्यकर्मीमा गम्भीर रूपले बिरामी हुने जोखिम बढिरहेको उनको भनाइ छ ।

स्वास्थ्यकर्मी गम्भीर रूपले संक्रमित हुनुको एउटा कारण बिरामीको निकट रहेर काम गर्नु रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारी बताउँछन् ।

Advertisement

‘गम्भीर रूपमा संक्रमित बिरामीहरूको ज्यान जोगाउने प्रक्रियाअन्तर्गत अत्यन्त नजिकमा स्वास्थ्यकर्मी हुन्छन्,’ उनले भने, ‘ती बिरामीहरूमा उच्च मात्रामा भाइरस हुन्छ । अर्थात् बढी भाइरल लोड भएका बिरामीको नजिक रहँदा स्वास्थ्यकर्मी बढी जोखिममा देखिएका छन् ।’

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top