भरतपुरमा एक संक्रमितको अस्पताल पुगेलगत्तै निधन

६ कात्तिक ७७, शुक्रबार

७ कार्तिक, चितवन ।
संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका भरतपुरका एक संक्रमितको बिहीबार बेलुकी भरतपुरको सरकारी अस्पताल पुगेलगत्तै निधन भएको छ ।

अस्पतालका अनुसार भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुषको का पुरुषको बेलुकी सवा १० बजे निधन भएको हो । उनलाई राति १० बजे अस्पताल ल्याएर आईसीयूमा भर्ना गरिएको थियो ।

ती व्यक्तिलाई असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । घरमै बसेका उनलाई खोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको अस्पतालले जनाएको छ ।

अहिलेसम्म कोरोना संक्रमणबाट चितवनका ४७ जनाको निधन भइसकेको छ । संक्रमण बढेसँगै जिल्लामा होम आइसोलेसनमा बस्ने बिरामीको संख्या अत्यधिक छ ।

चितवन स्वास्थ्य कार्यालयका अनुसार बिहीबार दिउँसोसम्म चितवनमा संक्रमितको संख्या ३ हजार ५ सय ७० पुगेको छ । निको हुन बाँकी अर्थात् सक्रिय संक्रमित १ हजार ४ सय ५८ छन् ।

तीमध्ये होम आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार ९१ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top