×

NEPAL TIMES UPDATES

Playing
सरकारी अस्पतालमा उपचार गराउन रास्वपा सांसदहरूलाई सुझाव|| Nepal Times
Mar 18, 2026
Playing
के बालेन नेपालका सबै भन्दा कान्छा प्रधानमन्त्री बन्दैछन् ? || Nepal Times
Mar 18, 2026
Playing
Top 15 Afternoon News || Mar-18-2026 || Nepal Times
Mar 18, 2026
Playing
Trumpले इरानी सत्ता परिवर्तनबिना यु द्ध अधुरो छाडे भने के हुन्छ ? || Nepal Times
Mar 18, 2026
Playing
खोटाङमा श व लिएर गएको हेलिकप्टर दु र्घ टना, ६ जना सवार || Nepal Times
Mar 18, 2026
Playing
खोटाङको खार्तम्छामा हेलिकप्टर दु र्घटना, थप विवरण आउन बाँकी|| Nepal Times
Mar 18, 2026
Playing
इ रानी पर माणु संयन्त्रमा ‘प्रोजेक्टाइल’, रेड सीबाट युएस यु द्धपोत फिर्ता || Nepal Times
Mar 18, 2026
Playing
सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ? || Nepal Times
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा Balen आउने सम्भावना कम || Nepal Times
Mar 18, 2026
Playing
Trumpको रडारमा पर्याे Cuba|| Nepal Times
Mar 18, 2026

अधिकांश शक्तिपीठमा मन्दिरबाहिरैबाट दर्शन

८ कार्तिक २०७७

८ कात्तिक, काठमाडौँ ।

नवरात्रका अवसरमा राजधानीका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण धेरै मन्दिर बन्द छन् ।

Advertisement

प्रसिद्ध शक्तिपीठका रुपमा रहेको पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिर चैतदेखि नै बन्द छ । नवरात्रका अवसरमा पनि मन्दिर नखुलेपछि यस वर्ष केही भक्तजनले बाहिरबाटै दर्शन गरेको काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष दीनेशकुमार डङ्गोलले जानकारी दिए ।

यसैगरी पशुपति क्षेत्रकै जयवागेश्वरीलगायत शक्तिपीठमा पनि बाहिरबाटै भक्तजनले दर्शन गरिरहेका छन् । भौतिक दूरी कायम गरेर शनिबार बिहानसम्म मैतीदेवी मन्दिर प्रबन्ध समितिले निर्णय गरी खुला गरिएको थियो । शनिबार बिहान सात बजेपछि भने प्रहरीले माथिको आदेश छ भन्दै मन्दिर बन्द गरेको महानगरपालिका–३० का वडाध्यक्ष समेत रहेका मन्दिर प्रबन्ध समितिका अध्यक्ष दलबहादुर कार्कीले बताए ।

मन्दिरमा साङ्लो लगाएर एक/एक जना मात्र दर्शन गर्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ । प्रहरीले मन्दिर बन्द गराएपछि भक्तजनले बाहिरबाटै दर्शन गरी फर्किने गरेका छन् । महानगरपालिका–२९ स्थित कालिकास्थान मन्दिर भने भौतिक दूरी कायम गरेर खुला राखिएको वडाअध्यक्ष कुश ढकालले बताए ।

मन्दिरमा स्थानीय भक्तजनमात्र आउने भएकाले एक एक गरी दर्शन गर्न दिइएको छ । स्वयंसेवक खटाएर भक्तजनलाई दुई मिटरको दूरीमा राखी सुरक्षित रुपमा पूजा आराधना एवं दर्शन गर्ने व्यवस्था मिलाइएको कालिकास्थान मन्दिर व्यवस्थापन समितिका सचिव हरि लामाले जानकारी दिए ।

महानगरपालिका–११ स्थित भद्रकाली मन्दिर समेत भक्तजनका लागि बन्द गरिएको वडा अध्यक्ष हीरालाल तण्डुकारले बताए ।

बन्द गरिए पनि केही भक्तजन भने दर्शन एवं सवारी साधन पूजा गर्ने भन्दै भद्रकाली परिसरमा जम्मा भएका छन् । यसैगरी वडा नं.२२ मा पर्ने सङ्कटा मन्दिर पनि बन्द गरिएको छ । कोरोनाको सङ्क्रमण फैलने खतरा देखिएकाले नित्य पूजाबाहेक सबै भीडभाड बन्द गरिएको वडाध्यक्ष चिनीकाजी महर्जनले बताए ।

यसैगरी प्रत्येक हप्ता शनिबार साँढे साती एवं शनिको अढैया भएकाको भीड लाग्ने महाङ्काल मन्दिर पनि बन्द गरिएको वडा कार्यालयले जनाएको छ । काठमाडौं महानगरपालिका–१ स्थित चार भगवतीमध्येको एक नक्साल भगवती मन्दिर पनि मूल ढोकामै ताला लगाई बन्द गरिएको छ । मन्दिर परिसरमा आउने भक्तजन सडकबाटै दर्शन गरेर हिँड्ने गरेको वडाध्यक्ष भरतलाल श्रेष्ठले जानकारी दिए ।

त्यस्तै वडा नं. १५ मा पर्ने शोभा भगवती मन्दिरमा भने मूल ढोकासम्म पुगेर दर्शन गर्ने व्यवस्था मिलाइएको स्वयंसेवक राजाराम कपालीले बताए । मन्दिरमा शुक्रबारभन्दा बिहीबार बढी भक्तजन लाम लागेका थिए ।

यसैगरी विष्णुमती नदी किनारमा रहेको कङ्केश्वरी मन्दिरमा पनि दूरी कायम गरी दर्शन गर्न दिइएको छ । त्यस क्षेत्रका रक्तकाली, श्वेतकाली, बिजेश्वरीलगायत मन्दिरमा दुरी कायम गर्दै सीमित भक्तजनलाई दर्शन गर्न दिइएको १९ नं. वडा नागरिक मञ्चका अध्यक्ष सुमन खड्गीले बताए ।

त्यस्तै राजधानीको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिका–८ स्थित प्रसिद्ध बज्रयोगिनी मन्दिर पनि भक्तजनको भीड बढ्न थालेपछि बिहीबारदेखि सूचना प्रकाशन गरी बन्द गरिएको नगर प्रवक्ता समेत रहेका वडाध्यक्ष हितमान तामाङले बताए । मन्दिर बन्द भएपछि त्यहाँ पुग्ने भक्तजन बाहिरबाट दर्शन गरेर फर्कने गरेका छन् । मन्दिरमा फूलपातीदेखि महानवमीसम्म बढी भीड लाग्ने गर्दछ । मन्दिर महानवमीसम्मका लागि बन्द गरिएको छ ।

यसैगरी गोकर्णेश्वर नगरपालिका– ५ स्थित चामुण्डा मन्दिर भने दूरी कायम गरी खोलिएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र गोकर्णेश्वर–१ मा पर्ने सुन्दरीमाई मन्दिर पनि खुला छ । भक्तजन आफैँ दूरी कायम गर्दै दर्शन गरेर फर्कने गरेका छन् । मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजन लाममा बसेका छन् ।

दक्षिणकाली नगरपालिका–६ स्थित प्रसिद्ध दक्षिणकाली मन्दिर पनि बन्द गरिएको उपप्रमुख वसन्ती डङ्गोल तामाङले जानकारी दिइन् । मन्दिर पुग्ने भक्तजन भने बाहिरबाटै दर्शन गरेर फर्कने गरेका छन् । खोलिएका मन्दिरमा पनि बली पूजा भने स्थगित गरिएको छ । बन्द गरिएका शक्तिपीठमा पनि पुजारीले नित्य पूजालाई भने निरन्तरता दिएको छ ।

प्रत्येक वर्ष शारदीय नवरात्रको फूलपातीदेखि महानवमीसम्म देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेको छ । यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणका कारण घरमै बसेर वैदिक सनातन हिन्दू धर्मावलम्बीले दुर्गा भवानीको उपासना गरेका छन् ।रासस

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top