×

NEPAL TIMES UPDATES

Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026

अतिसंवेदनशील सिमकोट विमानस्थल क्षेत्रमा जडिबुटी राख्ने भण्डार बन्दै

८ कार्तिक २०७७

८ कात्तिक, हुम्ला ।

अतिसंवेदनशील हुम्लाको सिमकोट विमानस्थल क्षेत्रमा व्यापारीको जडिबुटी राख्ने भण्डार बनेको छ । सर्वसाधारणले विमानस्थलको निश्चित क्षेत्रबाहेक अन्यत्र जान पाउँदैनन् तर व्यापारीको जडिबुटी ओसारपसार र भण्डारण गर्ने काम चलिरहेको छ ।

Advertisement
Advertisement

सिमकोट विमानस्थलको मूल प्रवेशद्वारदेखि संवेदनशील क्षेत्रसम्म व्यापारीले जडिबुटी थुपार्दा फोहोर देखिएको छ । विमानस्थलको खाली क्षेत्रमा जडिबुटी जिल्ला बाहिर निकासी गर्नका लागि सजिलो हुने जनाउँदै विमानस्थलमा थुपारिएको छ । प्रत्येक दिन बिहान ७ देखि १० बजेसम्म हवाइजहाजले उडान भर्ने भएका कारण विमानस्थल क्षेत्रमा घोडा र खच्चर जान नपाए पनि त्यसपछि विमानस्थलभित्र सजिलै प्रवेश गर्ने गरेका छन् ।

जहाजको उडान १० बजे सकिएलगत्तै व्यापारीले प्रवेशद्वारको ढोका क्षेत्रभित्रको खाली ठाउँमा प्लाष्टिकमा जडिबुटी सुकाउने गरेका छन् । यसबाट आवतजावत गर्नसमेत अप्ठ्यारो भएको यात्रुले बताएका छन् ।

विमानस्थलको जहाज पार्किङ क्षेत्रबाहेक अन्य स्थानमा सामान राख्न पाइने विमानस्थल प्रमुख विष्णुप्रसाद अधिकारीले बताए ।

नेपालञ्ज विमानस्थलको उदाहरण दिँदै उनले जहाज पार्किङ र यात्रु जाँच तथा संवेदनशील क्षेत्रमा कसैले सामग्री राख्न नपाउने तर अन्य खाली ठाउँमा पहिलादेखि नै राख्ने गरिएको उनले स्वीकारे ।

यस वर्ष हुम्लाका व्यापारीले हालसम्मकै सबैभन्दा धेरै जडिबुटी संकलन गरेका छन् । एक व्यापारीले पाँच सय क्विन्टलसम्म जडिबुटी खरीद गरी ल्याएका छन् ।

संकलित जडिबुटीमध्ये दुई हजार क्विन्टल सदरमुकाम सिमकोट आइपुगेको छ । पचासदेखि चार सय क्विन्टलसम्म जडिबुटी खरीद गर्ने व्यापारीको संख्या २० भन्दा बढी छ । अझै एक हजार चार सय क्विन्टल जडिबुटी संकलन भएका क्षेत्रबाट आउने क्रम जारी छ ।

अहिले सिमकोट विमानस्थल क्षेत्रमा जताततै जडिबुटी मात्र देखिने गरेको छ । हाल सदरमुकाम सिमकोटमा आइपुगेको जडिबुटी अधिकांश खार्पुनाथ गाउँपालिकाको छाचौरबाट ल्याइएको हो ।

चुवाखोला, लुड्फे, रानीसैना र चंखेलीबाट पनि जडिबुटी संकलन हुने गरेको छ । यस वर्ष विभागबाट ३४० टन अर्थात् तीन हजार चार सय क्विन्टल जटामासी संकलनको पुर्जी व्यापारीलाई दिइएको जिल्ला डिभिजन वन कार्यालय स्रोतले जनाएको छ । गत वर्ष पहिलेबाटै रोकिँदै आएको उक्त जटिबुटीसहित दुई हजार पाँच सय क्विन्टल संकलन भई निकासी भएको थियो ।

Advertisement
Advertisement

हाल संकलन भइरहेका कारण विभागबाट छुट पुर्जी ल्याइएपछि कार्यालयले नापतौल गर्ने छ । संकलन हुने क्षेत्रमा व्यापारीले प्रतिकेजी रु ४५० सम्म मूल्य तिरेका छन् । सिमकोटसम्म ढुवानी दर प्रतिकेजी रु १४० सम्म परेको व्यापारीले बताउने गरेका छन् । जिल्ला डिभिजन वन कार्यालयले संकलन पुर्जी दिए तापनि निकासी पुर्जी भने नदिएको बताइएको छ ।रासस

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top