×

NEPAL TIMES UPDATES

Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026
Playing
अमेरिकाले होर्मुजमा ५ हजार पाउन्डका बस्टर ब म हान्यो,साउदीले खोल्यो नयाँ तेल मार्ग|| Nepal Times
Mar 18, 2026
Playing
सरकारी अस्पतालमा उपचार गराउन रास्वपा सांसदहरूलाई सुझाव|| Nepal Times
Mar 18, 2026
Playing
के बालेन नेपालका सबै भन्दा कान्छा प्रधानमन्त्री बन्दैछन् ? || Nepal Times
Mar 18, 2026
Playing
Top 15 Afternoon News || Mar-18-2026 || Nepal Times
Mar 18, 2026
Playing
Trumpले इरानी सत्ता परिवर्तनबिना यु द्ध अधुरो छाडे भने के हुन्छ ? || Nepal Times
Mar 18, 2026
Playing
खोटाङमा श व लिएर गएको हेलिकप्टर दु र्घ टना, ६ जना सवार || Nepal Times
Mar 18, 2026

दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर

८ कार्तिक २०७७

८ कात्तिक, दमौली।

नेपालीहरुको महान् चाड वडा दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर रुपमा तीव्रगतिमा अगाडी बढेको छ । आयोजनाले दशैंमा पनि कामलाई गति दिएको हो ।

Advertisement

आयोजना प्रमुख अच्युत घिमिरेले दशैँको सबै दिन आयोजनाको काम निरन्तर रुपमा अगाडी बढ्ने जानकारी दिए। “दशैंका कारण काममा अवरोध छैन, काम निरन्तर भइरहेको छ,” उनले भने । सिनो हाइड्रोले ठेक्का पाएर काम भइरहेको विद्युत्गृह निर्माणका लागि हाल चिनियाँ मजदूरले काम गरिरहेका छन् ।

सिनो हाइड्रोले परिचालन गरेका करीब २ सय २० भन्दा बढी नेपाली मजदूरलाई दशैं बिदा दिइएपनि चिनियाँ मजदूरले काम गरिरहेको प्रमुख घिमिरेको भनाइ छ । “दशैँ लगत्तै काममा फर्किने गरी नेपाली कामदारलाई दशैं मनाउन बिदा दिएका छाैँ, पचास जना चिनियाँ कामदारले दशैंको अवधिमा पनि काम गर्छन्,” उनले भने, “एक जना भारतीय प्राविधिक पनि आइपुगेका छन्, दशैंको अवधिमा विद्युत्गृहमा एउटा उपकरण जडान गर्ने काम हुन्छ ।”

सिनो हाइड्रोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ र विद्युत्गृह निर्माण तथा हाइड्रो र इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रशारण लाइन निर्माणको काम पनि अगाडी बढेको छ । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माण गरिनेछ । उक्त कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ ।

प्रशारण लाइनका लागि चालु आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइनका लागि कूल ९४ वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्र उपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेजअन्तर्गत कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेज अन्र्तगत एक सय चालिस मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिनेछ ।

आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार एक सय ६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगत विद्यृत्गृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट उर्जा उत्पादन गर्नेछ । आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ ।

आयोजनाको सहयोगमा बाटो कालोपत्र
सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजनाले व्यास नगरपालिका–५ पाटनमा सडक कालोपत्र र पक्की नाला निर्माण सम्पन्न गरेको छ । आयोजनाको सहयोगमा व्यास नगरपालिकामार्फत् कार्यान्वयन भएर वाराहीचोकदेखि भिमसेनचोकसम्मको पाँच सय मिटर सडक कालोपत्र र पक्की नाला निर्माण सम्पन्न भएको हो ।

आयोजना प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व वहनअन्तर्गत रु दश लाखको सहयोगमा बाटो कालोपत्र गरिएको प्रमुख घिमिरेले जानकारी दिए । यसैगरी आयोजनाले सोही वडास्थित राष्ट्रिय परोपकार महासङ्घमा भान्साघर निर्माणका लागि उपभोक्ता समितिसँग सम्झौता गरेको छ ।

उक्त काम दशैं लगत्तै शुरु हुने उनको भनाइ छ । आयोजनामार्फत् नै चापाघाटसम्म सडक बत्ती मर्मत गरिएको छ । ऋषिङ गाउँपालिकाका स्थानीयवासीले राखेका विभिन्न माग पनि प्राथमिकताका आधारमा सम्बोद्धन गरिने प्रमुख घिमिरेले बताए ।

कृष्ण न्यौपाने/रासस

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top