×

NEPAL TIMES UPDATES

Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026

म्याग्दीको मालिका गाउँपालिकाका २० बस्ती सार्नुपर्ने

९ कार्तिक २०७७

९ कात्तिक, म्याग्दी ।

म्याग्दीको मालिका गाउँपालिकामा पहिरोको जोखिममा रहेको २० बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको छ । पालिका स्तरीय विपद् व्यवस्थापन समितिले जोखिममा परेका ति बस्तीको पहिचान गरी जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश र सङ्घीय सरकार समक्ष स्थानान्तरणका लागि सिफारिस गरेको हो । गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक, रेडक्रसकर्मी र सुरक्षाकर्मीको संयुक्त टोलीले पहिरो, कटान र बाढीले क्षति पु¥याएका बस्तीको स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार पारेको प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्माले जानकारी दिए ।

जमिन धाजा फाटेर चिरा परेका र पहिरो नजिकै भएका बस्तीमा रहेका घरलाई थप क्षति हुन नदिन तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सिफारिस गरिएको उहाँले बताउनुभयो । मालिका–५ जुग्जामा पूर्ण क्षति भएका २० घर र आंशिक क्षति भएका २९ घर, सोही वडाको तल्लो भेगका १० घर, घरथोकको तल्लो भेगका ४ घर, ओखलढुङ्गाको १३ घर, मगरदाङको तल्लो भेगका ५ घर, पन्थोकको ११ घर तथा न्याबोटका दुई घर स्थानान्तरणका लागि सिफारिस गरिएको छ ।

यस्तै मालिका– ७ बिमका पूर्ण क्षति भएका ३४ घर र आंशिक क्षति भएका १७ घर तथा बिमको नौरुङ, कुटवाङ, नराले, ओखरढुङ्गा, नौमाने, काउरा, बन्सार, गौरीखेत र अर्कलाका झण्डै ८० परिवारलाई स्थानान्तरण गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । गत असार २५ र २६ गतेको पहिरोले बिममा ८ जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका थिए ।

यसैगरी वडा न २ रुमको तल्लो बेलिकाका सात तथा नरेनचौरका चार, वडा नं ३ किटिनीका एक घर, वडा नं ४ ओखरबोटको ८ र वडा नं ९ को तल्लो भेग, वडा नं ६ दरवाङको साउबोट र लामेलाको बस्ती पनि स्थानान्तरण गर्नुपर्नेमा सूचिकृत गरिएको छ । पहिरोले पालिकाभर ६७ घर पूर्ण तथा ५२ घर आंशिक रुपमा क्षति भएका छन् । यस्तै ३१ सडक, ३२ खानेपानी आयोजना, १० सिँचाइ आयोजना, आठ लघुजलविद्युत् आयोजना, पाँच विद्यालय रतथा एउटा सामुदायिक भवनमा क्षति पुगेको थियो । बस्ती स्थानान्तरणका लागि प्रदेश र सङ्घीय सरकारसँग बजेट तथा योजना प्रस्ताव गरी पठाएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।रासस

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top