चार वर्ष बित्यो पुल निर्माण अझै अलपत्र, स्थानीयलाई सास्ती

८ कात्तिक ७७, आइतबार

९ कार्तिक, बाग्लुङ ।
दुई वर्षमा निर्माण सम्पन्न हुनुपर्ने बाग्लुङको गलकोट नगरपालिका–८ काँडेवास– मल्म जोड्ने मोटरेवल पुल निर्माण कार्य अलपत्र परेको छ ।

निर्माण कम्पनीले समयमा काम नगर्दा काँडेबासका स्थानीयले बर्षौंदेखि सास्ती खेप्नुपरेको हो । मध्यपहाडी लोकमार्गको मल्मदेखि काँडेबासको पचुवा जोड्ने दरमखोलाको मोटरेवल पुल निर्माण कार्य अलपत्र पर्दा स्थानीयले जोखिम मोलेर आउजाउ गर्न बाध्य छन ।

भ्याट बाहेक पाँच करोड ४२ लाख रुपियाँ लागतमा निर्माणको जिम्मेवारी लिएको वाईपी कन्स्ट्रक्सनले वि।सं। २०७३ सालमा ठेक्का सम्झौता गरेको थियो । २०७५ सालमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि कन्ट्रक्सनले नियमित रुपमा काम नगर्दा पुल निर्माण कार्य अलपत्र परेको छ ।

Advertisement

निर्माण कम्पनीले काम नगरेको भन्दै स्थानीय जनप्रतिनिधि सडक डिभिजन कार्यालय बाग्लुङदेखि प्रदेश सरकार र केन्द्र सरकारको मन्त्रालयसम्म धाइरहेका छन् । पुल निर्माणको लागि आग्रह गर्दै सम्बन्धित कार्यालयमा पटक पटक धाए पनि ठेकदारले काम अगाडि नबढाएको गल्कोट नगरपालिका–८ का वडा अध्यक्ष रामप्रसाद कँडेलले बताए।

“दुई वर्षमा सक्नेगरी सम्झौता भएको रहेछ । वडाध्यक्ष कँडेलले भने, ‘साढे चार वर्ष हुन लागि सक्यौं, ३५ प्रतिशत काम पनि भएको छैन । हामी सडक डिभिजनदखि प्रदेश र केन्द्र सरकार सम्म धायौं, ठेकेदारले नै लापरबाही गरेपछि कसको केही लाग्दोरहेनछ ।

Advertisement

योजना अलपत्र रहँदा जिम्मेवारी निकायले अलि चासो नदिनु चिन्ताको विषय भएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे बताउनुभयो ।

सडक डिभिजन कार्यालय बागलुङका डिभिजन प्रमुख रामेश्वर लम्सालले पुल निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनीलाई नियामवलीको नबौं संशोधन अनुसार सरकारले पुनः एक वर्षको म्याद थप गरेको जानकारी दिए।

पछिल्लो पटक थप गरेको मितिदेखि हाल एक साईडको पि सेटमा एक लिफ्ट ढलान र केही जाली भरेको छ तर कोरोना कारण लकडाउनले काम गर्न समस्या भएको भन्दै अलपत्र परेको उनको भनाई छ ।

निर्माण कम्पनी वाईपी कन्स्ट्रक्सनका सञ्चालक रवीन जोशी भने निर्माण कार्य जारी रहँदा केही अवरोधका कारण काम गर्न कठिनाई परेको प्रतिक्रिया दिए । दक्षिणतर्फबाट निर्माण शुरु गरिएको तर शुरुमै बाढी पसेर काममा अवरोध आएको उनको भनाइ छ ।

दशै पछि लगत्तै काम अगाडि बढाउने जोशीको भनाई छ । स्थानिबासी भने बाढी र कोरोना भन्ने कुरा ठेकेदारको बहानाबाजी मात्रै भएको दावी गर्दै आएका छन् । पचुवामा बन्न लागेको यो पुलले निर्माण सम्पन्न भएपछि काँडेबासलाई मध्यपहाडी लोकमार्गसँग जोड्नेछ ।(गोरखापत्र)

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top