‘राउटे सुरक्षा कोष’ स्थापना हुने, प्रदेश सरकारले मासिक २ हजार भत्ता दिने

८ कात्तिक ७७, आइतबार

९ कात्तिक, सुर्खेत ।

कर्णाली प्रदेश सरकारले राउटे समुदायको सुरक्षाका लागि कोष निर्माण गर्ने भएको छ । राउटे समुदायका लागि लत्ताकपडा, आवास र पोषणयुक्त खानेकुरा व्यवस्थापन गर्न प्रदेश सरकारले कोष निर्माण गर्ने भएको हो ।

सुर्खेतको चिङ्गाड गाउँपालिका–४ देउरालीस्थित राउटे बस्तीमा शनिबार सामूहिक भोजन गराउँदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यस्तो घोषणा गरेका हुन् । कोषबाट प्रदेश सरकारले प्रतिव्यक्ति मासिक रु दुई हजार उपलब्ध गराउनेछ ।

Advertisement

सङ्घीय सरकारले सामाजिक सुरक्षाबापत प्रतिव्यक्ति मासिक रु तीन हजार प्रदान गर्दै आएको छ । प्रदेशले प्रदान गर्ने रकम सीधै व्यक्तिका हातमा पार्नाको साटो दैनिक उपभोग्य सामग्री र आवास व्यवस्थापनमा खर्च गरिनेछ । कर्णालीका जङ्गलमा फिरन्ते जीवनयापन गर्ने सो समुदाय दक्षिण एशियाकै लोपोन्मुख आदिवासीमा पर्छ । हाल ४६ घरधुरीमा १५३ राउटे छन् ।

मुख्यमन्त्री शाहीले राउटे जातिको संरक्षणका लागि सरकारीस्तरमा प्रतिष्ठान गठन गरिने बताए । “राउटे जाति कर्णालीका गहना हुन्, हामीले गर्व गर्नलायक समुदायको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ”, उनले भने, “राउटेको जीविकोपार्जनमा मद्दत पुग्ने गरी कोष निर्माणका साथै उपयुक्त संरचना निर्माण गरिने छ ।”

Advertisement

सामूहिक भोजन कार्यक्रममा सामाजिक विकासमन्त्री दल रावल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी पनि सहभागी थिए । मन्त्री रावलले राउटेले माग्न नपरोस् भन्नेमा आफूहरु सचेत भएको बताए । उनले सामुदायिक वनसंँग सहकार्य गरेर राउटे जातिको सीप र कलालाई संरक्षण गर्न सकिने विचार व्यक्त गरे ।रासस

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top