भेनियर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

भेनियर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

जिरी, दोलखा, ३१ वैशाख ः दोलखाको जिरी नगरपालिकास्थित एक भेनियर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

जिरी नगरपालिका वडा नं ७ खावास्थित वैशाखेश्वरी भेनियर उद्योगमा आगलागी हुँदा भेनियर पत्ता निकाल्नेसहित अन्य उपकरण, चिरान गरी राखिएका करीब तीन हजार क्युफिट काठ जलेर नष्ट हुँदा करीब रु ९० लाखबराबरको धनमाल क्षति भएको उद्योगका प्रोप्राइटर मोहनकुमार खड्काले जानकारी दिए ।

आगलागीबाट घर निर्माणका लागि चिरान गरी राखिएको स्थानीय भूकम्पपीडितको काठसमेत जलेको तर काठ चिरानको उपकरण भने अलि टाढा रहेकाले जोगिए पनि अन्य सबै उपकरण र चिरान गरिएको काठ जलेर नष्ट भएको उनले बताए।

फर्निचरमा मध्यराति चट्याङपछि विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरिएको छ । मध्यराति १२ बजेदेखि शुरु भएको आगो आज बिहान ३ बजेमात्रै नियन्त्रणमा आएको थियो । प्रहरीले पनि आगलागीको पुष्टि गर्दै करीब रु ८० देखि ९० लाखबराबरको क्षति भएको अनुमान गरेको छ । सो उद्योगमा करीब १५ व्यवसायीको रु डेढ करोडबराबरको लगानी थियो ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.