खड्ग जात्रा सम्पन्न, कुमारी यात्रा रोकियो

१० कात्तिक ७७, मंगलबार

११ कात्तिक, भक्तपुर ।

हरेक वर्ष विजयादशमीको मध्यराति तलेजुबाट सुरु भई नगरका विभिन्न क्षेत्रमा मनाइने सेतो घोडासहितको खड्ग जात्रा साेमबार दिउँसै सम्पन्न भएको छ । कोरोना भाइरसका कारण मध्यराति गरिने यो जात्रा साेमबार भने अपरान्ह चार बजे सम्पन्न गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

उनले भने, “परम्पराअनुसार हरेक वर्ष विजयादशमीको दिन मध्यराति तलेजुबाट बाजागाजासहित सेतो घोडा निकालेर खड्ग जात्रा गरी दरबारस्क्वायर र नगरका अन्य क्षेत्रमा परिक्रमा गरिदैँ आएको थियो, तर यस वर्ष कोरोनाका कारण खड्ग जात्रा तलेजुबाट गोल्डेन गेट भित्र औपचारिक रुपमा मात्रै मनाइएको छ, बाहिर परिक्रमा गर्ने परम्परा यो वर्ष रोकिएको छ ।”

Advertisement

त्यसैगरी आजै नवदुर्गा देवगणहरुले तलेजुको जमदार चोकमा तलेजु भवानीलाई ढोग गरेका छन् । तलेजु भवानीलाई दिदी र नवदुर्गा भवानीलाई बहिनीको रुपमा मानिदँै आएको बताउदै मूलनाइके जोशीले परम्परा अनुसार साेमबार नवदुर्गा देवगणले तलेजु भवानीको ढोग गरेको जानकारी दिए ।

त्यस्तै तलेजुका ५२८ जना जोशी, राजोपाध्याय र बज्राचार्य थरका रकमी, पुजारीले पूजा गरी साेमबार शुभसाइतमा टीका ग्रहण गरेका छन् । त्यस्तै जीवित देवी एकान्त कुमारी जीविका बज्राचार्यको हातबाट टीका लगाउन लगाइएको छ । सर्वसाधारणलाई गोल्डेन गेटबाट भित्र जान रोक लगाएपछि तलेजुको दर्शन एवं टीका ग्रहण गर्न रोक लगाएको उनले जानकारी दिए ।

भक्तपुर नगरपालिका–१० काठमार्डौँस्थित कुमारी घरमा विगतका वर्षमा कुमारीको हातबाट टीका ग्रहण गर्नेको घुईचो लाग्ने गरेपनि यस वर्ष भने कोरानाका कारण कुमारीको हातबाट टीका लगाउन रोक लगाइएको छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण यस वर्ष जीवित देवी एकान्त कुमारी यात्रा समेत रोकिएको छ । कुमारी यात्रा रोकिए पछि भक्तपुर तलेजुका रकमी, पुजारीहरु बाजागाजाबिना नै क्वाठडौंँस्थित एकान्त कुमारीको द्योछें पुगेर पूजा गरेका छन् ।

तलेजुको मूलचोकको पश्चिममा रहेको कुमारी चोकस्थित दशैँघर सवारी भएर कुमारीलाई तलेजुका जोशी, राजोपाध्याय र कर्माचार्य पुजारी नाइकेहरुसँगै अरु रकमीले पूजाआजा गर्ने प्रचलन रहेपनि जीवित देवी कुमारी तलेजुस्थित दशैँंघर सवारी नभएपछि सबै कुमारी घर मै गएर विधिवत रुपमा पूजा गरी वेदपाठ, चण्डी पाठ, स्त्रोत्र पाठसमेत गरिएको मूल नाइके जोशीले जानकारी दिए ।

यस वर्ष भैरव र गणेशसहितका ११ गणकुमारी र एकान्त कुमारीको एकै पटक गरिने पूजासमेत रोकिएको छ । त्यसैगरी प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुर–१० च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रा साेमबार सामान्य रुपमा सम्पन्न भएको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा नवदुर्गा भवानी प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ ।

हरेक वर्ष हजारौको भीड लाग्ने ब्रम्हायणी जात्रा यस वर्ष सामान्य रुपमा मनाइएको छ । ब्रम्हायणी मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोक लगाए पछि मन्दिर पुगेका सर्वसाधारणले बाहिरैबाट पूजा एवं दर्शन गरेर फर्किएका छन् । यस वर्ष शरीरमा बत्ती बालेर ब्रम्हायणी मन्दिरसम्म यात्रा गर्ने, शरीर नाप्दै घरदेखि मन्दिरसम्म लड्दै आउने परम्परा पनि रोकिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top