अमेरिकी विदेश मन्त्री पोम्पेओ भारत भ्रमणमा

१० कात्तिक ७७, मंगलबार

११ कात्तिक, नयाँदिल्ली।

Advertisement

संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री माइप पोम्पेओ आफ्नी श्रीमती सुसनका साथ सोमबार भारत आएका छन्। भारत–अमेरिका मन्त्रीस्तरीय बैठकका लागि पोम्पेओ भारतको केन्द्रीय राजधानी नयाँदिल्ली आएका हुन् ।

बैठकमा खासगरी विस्तृत विश्वव्यापी रणनीतिक साझेदारी तथा भारत–प्रशान्त क्षेत्रमा स्थायित्व र समृद्धि प्रबद्र्धनका लागि सहयोग बढाउने बारेमा छलफल हुने जनाइएको छ ।

Advertisement

छलफलमा भारतीय पक्षबाट विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंह रहने अधिकारीहरुले जनाएका छन् । मंगलबार हुने भारत र अमेरिकाबीचको यो बैठक तेस्रो उच्चस्तरीय बैठक हो ।

भारत प्रस्थान गर्नुअघि अमेरिकी विदेशमन्त्री पोम्पेओले ट्वीट गर्दै भनेका थिए- ‘म भारत, श्रीलंका, माल्दिभ्स र इन्डोनेसियाको भ्रमणमा जाँदैछु । स्वतन्त्र र खुला इन्डो–प्यासिफिक क्षेत्रका मुलुकहरुबीच अझ स्वतन्त्र, सुदृढ र समृद्ध मुलुकको निर्माणमा साझा धारणा बनाउनु मेरो भ्रमणको मुख्य उद्देश्य हो ।’

Advertisement

भारत र अमेरिकाबीचको वार्तामा क्षेत्रीय सुरक्षा सहयोग, प्रतिरक्षा सूचना आदानप्रदान, सैनिक–सैनिकबीचको अन्तक्र्रिया तथा प्रतिरक्षा व्यापारका बारेमा पनि छलफल हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । यसअघि दुई मुलुकबीच सेप्टेम्बर २०१८ मा नयाँदिल्लीमा र सन् २०१९ मा वासिङट्न डिसीमा यस्तै मन्त्रीस्तरीय बैठक भएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top