२० देखि ४० वर्ष उमेर समूहबाट बढी कोरोना संक्रमण फैलियोः डब्लुएचओ

१० कात्तिक ७७, मंगलबार

११ कार्तिक, एजेन्सी ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ २० देखि ४० वर्ष उमेर समूहका मानिसबाट सबैभन्दा बढी फैलिएको बताएको छ।

यी उमेर समूहका अधिकांश मानिसलाई संक्रमण भएकोसमेत थाहा नहुने हुनाले पनि संक्रमण फैलन सक्ने खतरा बढ्दै गएको भन्दै डब्ल्युएचओले चिन्ता व्यक्त गरेको हो।

रोगी र अत्यधिक जनघनत्व रहेको स्थानमा अझ बढी जोखिम रहेको भन्दै थप सतर्कता बढाउन संगठनले जोड दिएको छ।  यसैबीच, उत्तर अमेरिका र एसियाका केहि क्षेत्रमा कोरोना भाइरसको जीनमा परिवर्तन आएको एक अध्ययनले देखाएको छ।

Advertisement

उक्त परिवर्तन अत्याधिक संक्रामक हुनसक्ने भएपनि कम घातक रहेको पनि पत्ता लागेको हो।  सङ्क्रमक रोगको अन्तर्राष्ट्रिय समाजका अध्यक्ष पाउल टेम्बियाले केही देशमा भाईरसको जीनमा आएको परिवर्तनले त्यहाँ मृत्युदर कम देखिएकाले कम घातक हुँदै गएको देखिएको बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top