आईपीएल : हैदराबादसँग दिल्ली ८८ रनले पराजित

१२ कात्तिक, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स सनराइजर्स हैदराबादसँग ८८ रनको फराकिलो अन्तरले पराजित भएको छ । मंगलबार राती दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको आईपीएलको ४७ औं खेलमा दिल्ली हैदराबादसँग फराकिलो अन्तरले पराजित हुँदै दुई खेल अगावै प्ले अफमा पुग्ने अवसर गुमाउनुको साथै अंक तालिकामा तेस्रो स्थानमा झरेको छ ।

जितका लागि २ सय २० रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्ली १९ ओभरमा अल आउट हुँदै १ सय ३१ रनमा समेटियो । दिल्लीका विकेटकिपर ऋषभ पन्तले ३५ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३६ रनको योगदान दिए ।


दिल्लीले सुरुवात देखिनै खराब प्रर्दशन गरेको थियो । पहिलो ओभरको तेस्रो बलमै सन्दीप शर्माले ओपनर शिखर धवनलाई डेभिड वार्नरबाट शून्यमा क्याच आउट गराए । दोस्रो ओभरको अन्तिम बलमा मार्कस स्टोइनिस पाँच रनमा क्याच आउट हुन पुगे । स्टोइनिसलाई शहबाज नदीमले वार्नरबाटै क्याच आउट गराएका थिए । सातौं ओभरको पहिलो बलमा राशिद खानले शिम्रन हेटमायरलाई १६ रनमा बोल्ड आउट गरे । चार बलपछि अजिंक्या रहाणे २६ रनमा एलबिडब्लू आउट गरेपछि दिल्लीको जित कठिन बनेको थियो । रहाणेले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

Advertisement

विजय शंकरले १२ औं ओभरको तेस्रो बलमा कप्तान श्रेयस ऐरलाई ७ रनमा केन विलियम्सनबाट क्याच आउट गराए । १३ औं ओभरको पाँचौ बलमा अक्षर पटेल १ रनमा क्याच आउट हुँदा दिल्ली ८३–६ को कमजोर अवस्थानमा पुगेपछि जितको आशा पनि टाढिएको थियो । टि नटराजनले कागिसो रबाडालाई ३ रनमा बोल्ड आउट गरे । तुषार देशपान्डेले ९ बलमा २ चौका र १ छक्का सहित २० रन जोड्दै हारको अन्तर घटाए ।

राशिद खानले ४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । सन्दीप शर्माले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । टि नटराजनले २, विजय शंकर, शहबाज नदीम र जेसन होल्डरले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा २ विकेटको क्षतिमा २ सय १९ रन बनाएको थियो । हैदराबादका विकेटकिपर समेत रहेका शाहले ४५ बलमा १२ चौका र २ छक्का सहित सर्वाधिक ८७ रनको महत्वपूर्ण योगदान दिए । ओपनर जोनी बेयरस्टोलाई बेन्चमा राख्दै आज हैदराबादले शाहलाई खेलाउने निर्णय लिएको थियो । जुन निर्णयलाई शाहले सहि सावित गरे । कप्तान डेभिड वार्नरले ३४ बलमा ८ चौका र २ छक्का सहित ६६ रनको आक्रामक इनिङ खेले ।

हैदराबादलाई ओपनर वार्नर र शाहले उत्कृष्ट सुरुवात दिलाएका थिए । जारी सिजनको आइपिएलमा पावर प्लेकै सर्वाधिक रन बनाउने क्रममा हैदराबादले कुनै विकेट नगुमाई ७७ रन जोडेका थिए । पहिलो विकेटका लागि वार्नर र शाहले ९।४ ओभरमा १ सय ७ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुई ओपनरबीचको साझेदारी स्पिनर रविचन्द्रन वाश्विनले अक्षर पटेलबाट वार्नरलाई क्याच गराउँदै तोडेका थिए ।

१५ औं ओभरको तेस्रो बलमा एनरिच नोर्कियाको बलमा ठूलो सट खेल्ने धुनमा मिड अफमा कप्तान श्रेयस ऐरबाट क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए । दोस्रो विकेटका लागि मनिष पान्डे र शाहले ६३ रनको साझेदारी गरेका थिए । मनिष ३१ बलमा ४ चौका र १ छक्का सहित ४४ रनमा अविजित रहे । केन विलियम्सन १० बलमा १ चौका सहित ११ रनमा अविजित रहे ।

एनरिच नोर्कियाले ओभरमा ३७ रन खर्चेर १ विकेट लिए । रविचन्द्रन आश्विनले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । जारी सिजनमा उत्कृष्ट प्रर्दशन गरेका कागिसो रबाडाको प्रर्दशन भने सम्झन लायक रहेन । रबाडाले ४ ओभरमा ५४ रन खर्चिदै विकेट लिन सकेनन् । रबाडा २६ टि२० खेल पछि पहिलो पटक विकेट बिहिन बन्न पुगेका हुन् । दिल्लीले अब शनिबार मुम्बई इन्डियन्ससँग खेल्ने छ भने हैदराबादले शनिबारनै रायल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top