१२ कात्तिक, सिन्धुपाल्चोक।
असोज १९ मा खुलेलगत्तै बन्द भएको चीन–नेपाल तातोपानी नाका आजबाट पुनः खुल्ने भएको छ। समान लोड अनलोड गर्ने तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि असोज २१ देखि उक्त नाका पुनः बन्द भएका थियो ।
लामो समयपछि खुलेको दुई दिनमै बन्द भएको नाका आजदेखि पुनः खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै नाका सञ्चालनको तयारी भएको जनाइएको छ ।
