युभेन्टसको मैदानमा बार्सिलोनाकाे जित

१२ कात्तिक ७७, बिहीबार

१३ कात्तिक, एजेन्सी ।
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको समूह जी को खेलमा बार्सिलोनाले युभेन्टसलाई पराजित गरेको छ । युभेन्टसको घरेलु मैदानमा बार्सिलोना २–० को जित दर्ता गर्न सफल भयो ।

खेलको १४ औं मिनेटमा नै बार्सिलोनाले ओस्मान डेम्बेलेको गोलमा अग्रता लिएको थियो । कप्तान लिओनेल मेस्सीले दिएको लामो पासलाई नियन्त्रणमा लिँदै दुई डिफेन्डरको बीचबाट डेम्बेलेले गरेको प्राहार गोलरक्षक वोजचिएक सेचेज्नीले बचाउन सकेनन् ।

युभेन्टसका फरवार्ड अल्भारो मोराटाले दुई पटक गोल गरेपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै गोललाई मान्यता दिएनन् । ६९ औं मिनेटमा अद्रिएन राबीओटले पाएको अवसर सदुपयोग गर्न नसक्दा युभेन्टस खेलमा फर्कनबाट चुक्यो । लगत्तै एन्टोइन ग्रिजमनको प्रहार पोस्टभन्दा थोरैले बाहिरिंदा बार्साले अग्रता दोब्बर पार्न सकेन ।

खेलको ८५ औं मिनेटमा युभेन्टस १० खेलाडीमा सिमित भयो । युभेन्टसका डिफेन्डर मरिह डेमीरालले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए ।

खेलको अन्तिम मिनेटमा बार्सिलोनाले पेनाल्टी प्राप्त गर्यो । फेडेरिको बर्नाडेस्कीले अन्सु फातीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा कप्तान लिओनेल मेस्सीले गोल गर्दै जित सुनिश्चित गरे । इन्ज्युरी समयमा फातीले सुवर्ण अवसर सिर्जना गरेपनि आफैं प्रहार नगरी पास दिन खोज्दा गोल गर्नबाट चुके ।

यस जितसँगै बार्सिलोनाको २ खेलमा ६ अंक भएको छ । युभेन्टस भने २ खेलमा ३ अंकसहित दोस्रो स्थानमा छ । समान १–१ अंक जोडेको किएभ र फेरेन्कभरोस भने तेस्रो र चौथो स्थानमा छन् । किएभ र फेरेन्कभरोसको खेल २–२ को बराबरीमा टुंगिएको हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top