फ्रान्समा दोस्रोपटक लगाइयो देशव्यापी बन्दाबन्दी, कम्तीमा एक महिना लागू हुने

१२ कात्तिक ७७, बिहीबार

१३ कात्तिक, एजेन्सी ।

Advertisement

फ्रान्समा कोरोनभाइरस संक्रमण बढ्दै गएपछि राष्ट्रपति इमानुएल माक्रोनले दोस्रोपटक कम्तीमा एक महिना लामो बन्दाबन्दी घोषणा गरेका छन्। शुक्रबारबाट लागू हुने यो बन्दाबन्दी कम्तीमा नोभेम्बर महिनाभरि लागू रहनेछ।

माक्रोनले टेलिभिजन सम्बोधन गर्दै बन्दाबन्दीमा लागू हुने प्रतिबन्धबारे जानकारी दिएका छन्। अब फ्रान्समा अत्यन्त जरुरी काम र स्वास्थ्यका कारण बाहेक घरबाहिर निस्किन सर्वसाधारणलाई अनुमति छैन।

Advertisement

राष्ट्रपति माक्रोनले भनेका छन् कि सर्वसाधारणलाई घरबाहिर निस्कन एउटा फाराम भर्नुपर्नेछ। समाजमा एकअर्कासँग भेट गर्न र भेला हुन प्रतिबन्ध लागेको छ। रेस्टुरेन्ट र बारजस्ता जरुरी नभएका व्यवसाय बन्द हुनेछन्। तर, विद्यालय र कारखाना खुला रहने जनाइएको छ।

माक्रोनले भनेका छन्, “दोस्रो लहरले खतरा उत्पन्न गरिसकेको छ। यो पहिलेको भन्दा बढी हानिकारक हुनेमा कुनै आशंका छैन।” राष्ट्रका नाममा सम्बोधन गर्दै उनले कोरोना संक्रमणलाई ब्रेक लगाउन नर्दयी कदम चाल्नु परेको बताएका छन्।

Advertisement

उनले भनेका छन्, “वसन्त ऋतुमा तपाईं सिर्फ काममा जान, स्वास्थ्य जाँच गर्न, आफन्तलाई सहयोग गर्न, अत्यावश्यक सामान किन्न र बाहिर ताजा हावा लिन मात्र घर छाड्न सक्नुहुन्छ।” तर, काममा जान पनि त्यस्ता श्रमिकलाई मात्र अनुमति दिइने छ जसलाई रोजगारदाताले घरबाट काम गर्न संभव नभएको जानकारी दिनेछन्। यसबाहेक सबै नागरिकलाई एक घन्टा व्यायाम गर्न एक घन्टाको छुट दिइनेछ।

फ्रान्समा कोरोनाभाइरस संक्रमणबाट हुने मृत्यु अप्रिल यताको उच्च विन्दुमा पुगेको छ। मंगलबार मात्र त्यहाँ २४४ जनाको मृत्यु भएको छ। ३५ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन्। राष्ट्रपति माक्रोनले फ्रान्सका अस्पतालमा सबै आईसीयू बेड कोरोनाका बिरामीले भरिएको बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top