×

NEPAL TIMES UPDATES

Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026

विगत जस्तो रहेन दशैँको रौनक

१३ कार्तिक २०७७

१३ कात्तिक, काठमाडाैँ ।

राजधानी काठमाडौँमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन ।

Advertisement

कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न नसकेको हो । शहर विकास हुँदै गरेको राजधानीको ग्रामीण भेगमा गतवर्षको दशैँमा टोलैपिच्छेका चौतारी, चोक एवं सार्वजनिक स्थलमा लिङ्गे, जाँते र रोटे पिङ हालेर चचहुई गर्दै खेल्ने मानिसको भीड भेटिन्थ्यो । तर यस वर्ष भने पिङ भेट्न नसकिएको कागेश्वरी मनोहरा–५ की मनीषा सिम्खडाले बताइन् ।

साना बच्चाका लागि केही घरको छतमा साना पिङ हालेर खेलाएको दृश्य देखिन्छ । सार्वजनिक स्थलमा पिङ हाल्दा भीड बढी हुने र कोरोनाको महामारी फैलने डरले सांंस्कृतिक खेलको आनन्द लिनबाट मानिस बञ्चित भएका छन् । गोकर्णेश्वर नगरपालिका–३ स्थित पर्यटकीय स्थल तारेभीरमा भने स्थानीयवासी दशैँमा पिङ खेलेर रमाइरहेका भेटिन्छन् । पिङमा रम्ने काठमाडौँका अन्य क्षेत्रका मानिस यस वर्ष भने सामाजिक सञ्जालमा व्यस्त छन् । धेरैको चाहना नयाँ नयाँ टिक टक बनाएर पोष्ट गर्नतिर गएको छ । आपसमा भेटघाट गर्न पनि मानिस डराएका छन् ।

कोरोनाबाट बच्न नजिकको आफन्तकहाँ मात्र पुगेर मान्यजनबाट आशीर्वाद लिएका मानिस राजधानीकै एक कुनाबाट अर्को कुनामा जान सकेका छैनन् । निजी सवारी हुनेहरु आफन्तकहाँ पुगेपनि सार्वजनिक यातायात प्रयोग गरेर जानेहरु बढ्दो सङ्क्रमणबाट हिँड्न तर्सिएका छन् । सामाजिक सञ्जालद्वारा मान्यजनबाट आशीर्वाद लिएर चित्त बुझाएको चन्द्रागिरी–१ का रामचन्द्र भण्डारीले बताए । त्रासकै बीच यस वर्ष राजधानी बाहिर जाने सवारीमा पनि विगत वर्षमा जस्तो भीड भएको छैन ।

टीका, जमरासहित आशीर्वाद लिने क्रम जारी
सुरक्षित रुपमा नजिकका आफन्तकहाँ पुगेर टीका र जमरा सहित मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने क्रम आज आश्विन शुक्ल त्रयोदशीको दिन पनि जारी रहने छ । यो क्रम आश्विन शुक्ल पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

केही मानिसले कात्तिक महिनामा परेको दशैँमा टीका लगाउनुहुन्न भनी सामाजिक सञ्जाललगायत माध्यमबाट चलाएको हल्लामा कुनै शास्त्रीय सत्यता नरहेको समितिको ठहर छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले चान्द्रमास अनुसार अहिले पनि आश्विन शुक्ल पक्ष नै रहेकाले त्यस्तो हल्लाका पछि नलाग्न सवैमा आह्वान गरे । “हाम्रा चाड पर्व, तिथि, श्राद्ध चान्द्रमास अनुसार मनाइन्छ, यसैले अहिले कोजाग्रत पूर्णिमासम्म कोरोना भाइरस सङ्क्रमण नफैलने गरी सुरक्षित रुपमा टीका ग्रहण गर्न शुभ छ, सौरमास अनुसार कात्तिकमा दशैँ परेको यो पहिलोपटक होइन, यस वर्षमात्र किन यसरी हल्ला गरियो ? यसको खोजी गर्नु जरुरी छ, भ्रमको पछि नलागौँ”, उनले भने ।

Advertisement

पछिल्लो समय मौलिक संस्कृतिमाथि आक्रमण गर्ने चलाइने यस्ता हल्लाका पछि नलागी सांस्कृतिक पर्वको शास्त्रीय मान्यता बुझेर त्यस अनुसार अघि बढ्न धर्मशास्त्रविद्हरुले आम मानिसमा आह्वान गरेका छन् । वैदिक सनातनी परम्परामाथि भ्रम फैल्याउन विगत केही वर्षदेखि मौलिक धर्म, संस्कृति लक्षित हल्ला चलाउने क्रम जारी रहेकाले सचेत हुन नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईको भनाइ छ । रासस

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top