करिब सवालाख स्वदेश फर्किए

१३ कात्तिक ७७, शुक्रबार

काठमाडौँ: कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण अहिलेसम्म विदेशमा रहेका एक लाख २३ हजार ८४८ जना नेपाली स्वदेश फर्किएका छन् ।

Advertisement

विभिन्न ३३ मुलुकबाट नियमित र चार्टर्ड उडानमार्फत नेपाली स्वदेश फर्किएको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले जनाएको छ । मुुलुकमा चैत ११ गतेदेखि बन्दाबन्दी सुरु भएता अहिलेसम्म सो सङ्ख्यामा नेपाली स्वदेश फर्केका हुन् । कोभिड–१९ को सङ्क्रमणबाट असहज अवस्थामा रहेका नेपाली स्वदेश फर्कने क्रम जारी नै रहेका छन् । केन्द्रका अनुसार, अहिलेसम्म प्रदेश १ का पन्ध्र हजार ८६९ जना, प्रदेश २ का १३ हजार ५९८ जना, बागमती प्रदेशका १८ हजार ८९२ जना, गण्डकी प्रदेशका नौ हजार ९४२ जना, लुम्बिनी प्रदेशका १२ हजार ८८३ जना, कर्णाली प्रदेशका एक हजार ६३५ जना र सुदूरपश्चिम प्रदेशका एक हजार ८६० नेपाली स्वदेश फर्किएका छन् । प्रदेशगत विवरण प्राप्त नभएका ४९ हजार १६९ जना नेपाली अहिलेसम्म स्वदेश फर्केका छन् ।

अहिलेसम्म मलेसियाबाट १७ हजार ९२४ जना, यूएईबाट ३५ हजार ९९२ जना, साउदी अरबबाट १७ हजार ३२२ जना, कतारबाट २३ हजार १३५ जना, कुवेतबाट नौ हजार ९२३ जना, ओमानबाट दुई हजार १२६ जना, बहराइनबाट एक हजार ३३९ जना नेपाली स्वदेश फर्किएको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले जनाएको छ ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ,

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top