ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता जारी, ११ दिनपछि टुट्यो मौनता

१४ कात्तिक ७७, शनिबार

१५ कार्तिक, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच वार्ता सुरु भएको छ।

Advertisement

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ । नेकपाका दुई अध्यक्षबीच विगत ११ दिनयता संवाद हुन सकेको थिएन ।

संवाद टुटेको ११ दिनपछि प्रचण्ड शनिबार दिउँसो १ बजेपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । मन्त्रीपरिषदमा भएको हेरफेर, भारतीय गुप्तचर निकाय रअका प्रमुख सामान्तकुमार गोयलसँग प्रधानमन्त्रीले रातिमा गरेको भेटसहितका विषयलाई लिएर नेकपामा विवाद चुलिएको छ ।

Advertisement

अहिले ओली र प्रचण्डबिच चिसिएको सम्बन्ध सुधारको प्रयासमा वार्ता भइरहेको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top