अभियानकै रूपमा गुर्जो रोप्दै ट्राफिक प्रहरी

१४ कात्तिक ७७, शनिबार

१५ कार्तिक, काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयसहित कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा आज गुर्जोको बिरूवा रोपेको छ ।

तीनकुनेमा एक हजार ५०० र ट्राफिक कार्यालयमा पाँच÷पाँचवटा गुर्जोको बिरूवा रोपिएको हो । कोभिड–१९ को रोकथाम र उपचारका लागि गुर्जो उपयोगी मानिन्छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, प्रहरी उपरीक्षक एवं महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादव र प्रहरी कर्मचारीको सहभागितामा गुर्जोको बिरूवा रोपिएको हो ।

प्रमुख ढकालले अग्रमोर्चामा रहेर काम गर्ने प्रहरीलाई स्वास्थ्य जोखिम बढी भएकाले सचेतना र रोकथामका उपायमा ध्यान दिइएको बताए ।

आन्तरिक राजश्व कार्यालय लहानका कार्यालय प्रमुख तथा अभियानकर्मी कमलबहादुर राजलवट र राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशीले महाशाखालाई गुर्जोका ती बिरुवा प्रदान गरेको प्रवक्ता यादवले जानकारी दिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top