×

NEPAL TIMES UPDATES

Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026

रसुवामा भालुको आक्रमण बढ्दै

१६ कार्तिक २०७७

१६ कात्तिक, रसुवा ।

हिमाली क्षेत्रको पदमार्गमा भालुको आक्रमण बढ्न थालेको छ । त्यस क्षेत्रमा सावधानीपूर्वक यात्रा गर्न नेपाल प्रहरीले आग्रह गरेको छ । उच्च भागमा चिसोपन बढ्न थालेसंँगै जंगली जनावर बेसीँ झर्नेक्रम शुरू भइसकेको छ ।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक सरोज गिरीका अनुसार जंगलमा वस्तु चराउने क्रममा जंगली भालुले एक व्यक्तिलाई आक्रमण गरिसकेका कारण यस्ता घटना न्यूनीकरणका लागि पूर्वसावधानी रहन सबैमा अनुरोध गरिएको छ । यसरी भालुको आक्रमणबाट घाइते हुनेमा गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ का ३५ वर्षीय पासाङवाङ्दी तामाङ छन् । उनलाई गोसाइँकुण्ड धार्मिक मार्ग अन्तर्गत देउराली जंगलमा भालुले हालै आक्रमण गरी घाइते बनाएको बताइएको छ ।

Advertisement
Advertisement

भालु, चितुवा, बँदेललगायतका जनावर आगामी फागुनसम्म बेसीँतर्फको न्यानो क्षेत्रमा ओर्लने ज्येष्ठ नागरिक बताउँछन् । गत आर्थिक वर्षमा जंगली भालुको आक्रमणबाट १० जना घाइते भएका थिए । उनीहरूलाई सरकारी कोषबाट उपचार खर्चबापत सरकारी अस्पतालको सिफारिसका आधारमा रकम प्रदान गरिएको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top