कैलालीमा जिप दुर्घटनाः १ जनाको मृत्यु, १४ जना घाइते

१६ कात्तिक ७७, आइतबार

१६ कात्तिक, कैलाली ।

Advertisement

कैलालीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।  महोन्याल गाउँपालिका ४ को बास पानीमा आज दिउँसो जिप दुर्घटना हुँदा मोहन्याल गाउँपालिका २ का ६० वर्षीय कविराज भण्डारीको मृत्यु भएको हो ।

दुर्घटनामा १४ जना घाइते भएका छन् । ती मध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते घोडाघोडी ८ का ६० वर्षीय खडक रावललाई थप उपचारको लागि कोहलपुर रेफर गरिएको छ ।

Advertisement

१६ जना यात्रु बोकेर कैलालीको घोडाघोडी स्थित डोके बजारबाट पण्डौनतर्फ जाँदै गरेको सुप प्र ०१००१ च २६२३ नम्बरको जिप आइतबार दुर्घटनामा परेको हो ।

अन्यको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

Advertisement

ब्रेक फेल भएर जिप रोडमा करिब २ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top