×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बामदेवविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा हेर्दाहेर्दैमा

१९ कार्तिक २०७७

१९ कार्तिक, काठमाडौं ।
नेकपा उपाध्यक्ष बामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा पेसी स्थगित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको संवैधानिक इजलासमा गौतमको मुद्दा हेर्दाहेर्दैमा छ । संवैधानिक इजलासका मुद्दा बुधबार र शुक्रबार मात्र हेर्ने प्रावधान छ । तर, प्रधानन्यायाधीश ज।ब।रा।ले आज बुधबार यो मुद्दालाई पेसी सूचीमा राखेका छैनन् ।

Advertisement
Advertisement

आज १९ गते प्रधानन्यायाधीश जबराले दीपककुमार कार्की–मनोजकुमार शर्मा, हरीकृष्ण कार्की–कुमार रेग्मी, हरीकृष्ण कार्की–कुमार रेग्मी, विश्वम्भरप्रसाद श्रेष्ठ–प्रकाशमानसिंह राउत, इश्वरप्रसाद खतिवडा–प्रकाशकुमार ढुङ्गाना, डा. आनन्दमोहन भट्टराई–बमकुमार श्रेष्ठको संयुक्त र पुरुषोत्तम भण्डारीको एकल इजलास तोकेका छन् ।

मन्त्रिपरिषदको सिफारिसमा गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनित गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उनी प्रत्यक्ष निर्वाचनमा पराजित भएकाले सांसद बन्न नपाउने भन्दै असोज ६ गते सर्वोच्च अदालतमा रिट हालेका थिए ।

सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईले ‘गम्भीर संवैधानिक बहस जरुरी भएकोले’ गौतमलाई थप जिम्मेवारी नदिनु भन्दै असोज ७ गते अन्तरिम आदेश दिएका थिए । साथै भट्टराईले दुवै पक्षलाई १४ गते उपस्थित हुन आदेश गरेका थिए ।

Advertisement

भट्टराईको आदेश अनुसार १४ गते प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा ले आफ्नै नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, हरीकृष्ण कार्की, विश्म्भरप्रसाद श्रेष्ठ र इश्वर खतिवडा रहेको संवैधानिक इजलास गठन गरेका थिए ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top