×

NEPAL TIMES UPDATES

Playing
श्रम संस्कृतिले रोस्ट्रम घेरेर प्रधानमन्त्रीले विरोध गर्याे,सभामुखले दिए चेतावनी|| Nepal Times
May 18, 2026
Playing
यूएईको आणविक प्लान्टमा ह म ला, साउदीले खसाल्यो ३ ड्रो न|| Nepal Times
May 18, 2026
Playing
६ वर्षीया बालिकाको अप हर ण र ह त्या गर्ने सपना दोस्रोपटक जेलबाट कसरी भागिन् ? || Nepal Times
May 18, 2026
Playing
सुधनमाथि आजदेखि छानबिन,क्लिनचिट पाए फेरि गृहमन्त्री || Nepal Times
May 18, 2026
Playing
एकदिवसीय मान्यता जोगाउन आज नेपालले जित्नैपर्ने || Nepal Times
May 18, 2026
Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026
Playing
UFO बाट ४ एलियन निकालिएको अनुसन्धानकर्ताको दाबी, कति सत्यता ?|| Nepal Times
May 17, 2026
Playing
विश्व कीर्तिमानधारी कामिरिता र लाक्पा शेर्पालाई प्रधानमन्त्रीको सम्मान || Nepal Times
May 17, 2026
Playing
ओलीले दिएको त्यो ’लाचार’ अभिव्यक्ति, ’पार्टी चाँही नफुटाउनू’!|| Nepal Times
May 17, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-03-2083 || Nepal Times
May 17, 2026

टर्कीमा गएको भूकम्पमा फसेकी एक बालिकाको ९१ घण्टापछि जिवितै उद्धार

१९ कार्तिक २०७७

१९ कार्तिक, एजेन्सी ।
पश्चिम टर्कीमा शक्तिशाली भूकम्पमा फसेकी एक बालिकाको ९१ घण्टापछि जिवितै उद्धार गरिएको छ।

अयदा गेजगिन नाम गरेकी तीन वर्षीया बालिकालाई इजमिर सहरको एक ८ तले अपार्टमेन्टस्थित भत्केको भवनको भग्नावशेषबाट चार दिनपछि उद्धार गरिएको अलजजिराले जनाएको छ।

Advertisement
Advertisement

मंगलवार उद्धार गरेर उनलाई एम्बुलेन्सबाट अस्पताल लगिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य छ। अयदालाई उद्धार गर्दा ताली बजाएर उद्धारकर्मीको सम्मान गरिएको थियो। उपस्थित भीडले भगवानलाई सम्झिँदै नारा लगाएका थिए।

शुक्रवारको भूकम्पमा परेर ९१ घण्टासम्म भग्नावशेषमा च्यापिएकी अयदाकी आमाको मृत्यु भएको छ। भाइ र पिता भने भूकम्पका बेला बाहिर थिए। उक्त अपार्टमेन्टबाट १०७ जनाको जिवितै उद्धार गरिएको छ।

उद्धारकर्ता नुसरत अक्सयका अनुसार ८ तलाको भग्नावशेष हटाउने क्रममा बालिका बोलेको आवाज सुनेका थिए। आवाज आएको भागतिर भग्नावशेष हटाउने क्रममा बालिकालाई भाडा माझ्ने मेसिनको छेउमा साँघुरो स्थानमा फसेको अवस्था फेला पारेर उद्धार गरेका थिए।

अक्सयले बालिकाको स्वास्थ्य सामान्य रहेको र उनले आफ्नो नाम पनि भनेको जानकारी दिएका छन्। इजमिर सहरमा एक दिनअघि सोमवार मात्रै तीन वर्षीय बालिका र १४ वर्षीय किशोरीको जिवित उद्धार गरिएको थियो।

टर्की र ग्रीसमा शुक्रवार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पमा परी टर्कीमा मात्रै मृत्यु हुनेको संख्या सय नाघेको छ। सयौ जना अस्पतालमा भर्ना भएका छन्।

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top