मुस्ताङको लोमान्थाङमा सशस्त्र प्रहरीको बीओपी भवनको शिलान्यास

१८ कात्तिक ७७, बुधबार

१९ कार्तिक, मुस्ताङ ।
मुस्ताङको लोमान्थाङ– ४ नेचुङमा निर्माण हुने सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) शिलान्यास गरिएको छ ।

गृह सचिव महेश्वर न्यौपानेले सो बीओपीको शिलान्यास गरेका हुन्। सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहित नेचुङ पुगेका सचिव न्यौपानेले बुधवार भवनको शिलान्यास गरेका हुन्।

गत जेठ १५ गते भन्सार कार्यालय र कृषि क्वारेन्टाइनको भवनमा स्थापित बीओपी सदरमुकाम जोमसोम बाट १ सय ९ किलोमिटरको दुरीमा समुद्र सतहबाट करिब ४ हजार २ सय मिटरको उचाइमा अवस्थित रहने छ।

Advertisement

२४ कोठाको मौसम अनुकूलको हुने भवन करिब साढे ६ करोडको लागतमा एक वर्ष भित्र निर्माण भइसक्ने लक्ष्य राखिएको छ। असोजदेखि वैशाखसम्म हिमपात हुने त्यस क्षेत्रमा सशस्त्र प्रहरी बल १२ महिना नै तैनाथ रहने छ।

हाल सम्म देशभर सशस्त्र प्रहरी बलका १ सय १८ वटा बीओपी स्थापना भएकामध्ये उत्तरी सिमानामा ७ वटा रहेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top