कानूनी अड्चनका कारण नागरिकता लिन समस्या

१९ कात्तिक ७७, बिहीबार

२० कार्तिक, डोटी ।
कानूनी अड्चनका कारण जिल्ला प्रशासन कार्यालय डोटीमा नागरिकता लिन आएका सेवाग्राहीलाई दिनहुँ समस्या हुँदै आएको छ ।

नेपाली नागरिकता लिनका लागि आफ्नो आमा, बुबाको नागरिकता अनिर्वायसहित सनाखत बस्ने व्यक्तिसमेत आफ्नै नातेदार हुनुपर्नेलगायतका कानूनी प्रावधान भएका कारण जिल्लामा नागरिकता बनाउन आउने सेवाग्राही रित्तो हात फर्किन थालेका छन् ।

दुई दिन लगाएर नागरिकता लिन आएकाहरु जिल्ला प्रशासनमा माग्ने कागजात तथा ढिलो गरी नागरिकता लिन आउनुको कारणबारे कागज माग्ने गरेका कारण नागरिकता नबन्दा खाली हात फर्किनुपरेपछि आक्रोशित हुन थालेका छन् ।

Advertisement

यतिमात्र नभई वर्षौँसम्म नागरिकता नलिएको भए नलिनुको कारण गाउँपालिका वा वडा कार्यालयबाट सिफारिस ल्याउनुपर्ने नियम बनाइएका कारण यहाँका सेवाग्राहीलाई नागरिकता लिनमा निकै समस्या हुँदै आएको नागरिकता लिन आएका जिल्लाको केआइसिंह गाउँपालिका–२ का ५० वर्षीय स्थानीयवासी रिउले भुलले बताए ।

उनले भने, ‘म सानै उमेरदेखि भारतमा काम गर्दै आएको थिएँ, अहिले कोरोनाका कारण घरमा आएँ, घरमा हुँदा नागरिकता बनाउन जिल्ला प्रशासन जाँदा ५० वर्षसम्म नागरिकता नलिनुको कारण खोलेर ल्याउनु भनेर फिर्ता गरियो, समस्या भयो ।’

Advertisement

जिल्ला प्रशासनमा नेपाली नागरिकता लिनेहरूको सङ्ख्यामा दिनहुँ वृद्धि हुन थालेको भए पनि नागरिकतासम्बन्धी विभिन्न कानूनी अड्चनका कारण कमै मात्रले नागरिकता पाउन थालेको दिपायलका स्थानीयवासी शेरबहादुर विकले बताए ।

उनले भने, ‘कोरोनाले जिल्लाबाहिर कामका लागि गएकाहरु अहिले घरमा आएका छन्, फुर्सदको समयमा नागरिकता बनाउन खोज्दा विभिन्न कानूनी अड्चन देखाएर नागरिकता बन्दैन, यस्तो सास्ती दिनु राम्रो होइन ।’

जिल्ला प्रशासनमा दैनिक १५० देखि २०० जनासम्म नागरिकता लिन आए पनि प्रशासनले खोजेको कानूनी प्रावधानअनुसारको कागजात पुर्याउन नसक्दा दिनमा जम्मा ५० देखि ६० जनाले मात्रै नागरिकता पाउने गरेका छन् ।

कोरोनाको सङ्क्रमण फैलिएपछि भारतमा रोजगारी गर्दै आएका जिल्लाका नागरिकहरु अहिले गाउँघरमा आएका र उनीहरुका श्रीमतीसहित घरपरिवारका सदस्य नागरिकता लिन आउन थालेपछि प्रशासनमा भीड बढ्न थालेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए ।

उनले भने, ‘नागरिकता लिन आउनेको सङ्ख्या दैनिक बढ्दो छ, तर लामो समयसम्म नागरिकता नलिनुको कारण खोल्नु भन्ने कानूनी प्रावधान भएका कारण कर्मचारीले ती कागजात मागेको हुनसक्छ, त्यसैका आधारमा कसैलाई नागरिकता दिनबाट वञ्चित गरिएको छैन ।’

डोटीबाट बसाइँसराइ गरी जिल्लाबाहिर गएका व्यक्तिका घरपरिवारसमेत अहिले यहाँबाट नै नागरिकता लिन आउने गरेका कारण नागरिकता वितरणमा समस्या हुने गरेको प्रजिअ भट्टराईको भनाइ छ ।

यद्यपि नागरिकता लिन आउने सेवाग्राहीले जिल्ला प्रशासनले अनावश्यक कागजात माग्ने गरेका कारण नागरिकता लिनमा समस्या हुने तथा दुःख हुने गरेको आरोप लगाउँदै आएका छन् ।

यसैगरी जिल्ला प्रशासनमा तोकिएको दरबन्दीअनुसारका कर्मचारीसमेत नहुँदा नागरिकता वितरणमा समस्या हुँदै आएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको दरबन्दी दुई वर्षदेखि जिल्ला प्रशासनमा खाली रहेको छ ।

विभागले नयाँ सहायक प्रमुख जिल्ला अधिकारी हालसम्म नपठाएका कारण उक्त दरबन्दी खाली रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शाखा अधिकृत दुई जनाको दरबन्दी भए पनि लामो समयदेखि उक्त दरबन्दी पनि खाली छ ।(रासस)

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top