विवाद हल गर्न कांग्रेस शीर्ष नेताहरुको बैठक आज बस्दै

१९ कात्तिक ७७, बिहीबार

२० कार्तिक, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद हल गर्नका लागि आज पनि शीर्ष नेताहरुको बैठक बस्दैछ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायत २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरी बुझाएको १६ बुँदे विरोध पत्रका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक आह्वान गरेका हुन्।

भोलि शुक्रबारको लागि कांग्रेसले १४ औँ महाधिवेशन केन्द्रीत छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ। आजको शीर्ष नेताहरुको बैठकले भोलिको बैठकको एजेन्डाका विषयमा पनि छलफल गर्ने बताइएको छ।

‘विवादहरु छलफलकै माध्यमबाट टुङ्ग्याउनु पर्छ भनेर बैठक बस्न लागेको हो,’ कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘आजको बैठकले विवाद समाधान तिर जान्छ भन्ने आशा गरौँ।’

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति देउवाले एकलौटी ढंगले विभाग विस्तार गरेको, विधान मिचेको, महाधिवेशन टार्न खोजेको लगायतको आरोप देउवालाई लगाएको छ।

एकलौटी गठन गरेको विभाग खारेज हुनुपर्ने माग पौडेल पक्षको छ। तर, देउवाले विभाग गठन फिर्ता नहुने र अरु विषयमा छलफल गर्न आफू तयार रहेको यस अघिको बैठकमा जवाफ दिइसकेकोले आज पनि सहमति हुने सम्भावना कम रहेको कांग्रेसकै नेताहरु बताउँछन्।

पौडेल पक्षले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नेतालाई देउवाको आदेशमा क्रियाशील सदस्यता वितरण गरेको भन्दै त्यसलाई तत्काल सच्याउनुपर्ने माग राखेको छ। देउवा पक्षले भने विभागहरु विस्तार विधान अनुसार नै भएकोले पौडेल पक्षले राखेको कुनै पनि मागको सुनुवाई गर्ने संकेत दिएको छैन।

यस अघि कात्तिक १७ गते पनि देउवाले वर्तमान र पूर्व पदाधिकारी तथा शीर्ष नेताको बैठकमा यसै विषयमा छलफल गर्न बैठक बोलाएका थिए। उक्त बैठकमा सहमति जुट्न सकेको थिएन।

१८ गतेको लागि सरे पनि कांग्रेसका केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनपछि बैठक स्थगित भएको थियो। बैठक पार्टी कार्यालय सानेपामा १ बजे बस्नेछ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top