मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली ढाका प्रस्थान

१९ कात्तिक ७७, बिहीबार

२० कार्तिक, विराटनगर ।
बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली ढाका प्रस्थान गरेको छ।

Advertisement

२५ खेलाडी र अफिसियलसहित ३४ सदस्सीय नेपाली टोली आज बिहान बंगलादेश प्रस्थान गरेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीलाई बुधबार नै विदाई गरेको थियो।

ढाका जाने टिममा ८ नयाँ खेलाडी रहेका छन्। टिमका महत्वपूर्ण केहि सदस्य भने कोरोना संक्रमण देखिएपछि बंगलादेश गएका छैनन्। यस्तै चोटका कारण नियमित सदस्य रोहित चन्द समेत ढाका गएका छैनन्।

Advertisement

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो। यस अघि नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top