×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

दिनभरका प्रमुख खबर

२० कार्तिक २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(कोरोनाको कहर)
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुग्यो /आज मात्र ३ हजार ५१ संक्रमित थपिँदा आजै ३ हजार ४ सय ३० जना डिस्चार्ज /सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय १४ पुग्यो ।

Advertisement
Advertisement

२.(भेट्यो सरकारले)
कोरोना संक्रमण परीक्षण र उपचार निःशुल्क गर्ने आदेश पुनरावलोकन गर्न सरकारले दिएको निवेदन सर्वोच्चद्वारा खारेज /निःशुल्क गर्न दिएको आदेश कार्यान्वयन नगर्नुको कारण माग/ अब सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्नैपर्ने ।

३.(कुरो अझै मिलेन)
नेकपाका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार दिउँसो बालुवाटारमा भएको छलफल बिनानिष्कर्ष टुंगियो/पार्टीको पछिल्लो विवादबारे छलफल गर्न पार्टी बैठक बोलाउनु पर्ने दाहालको माग ।

४.(कांग्रेस पनि उस्तै)
पदाधिकारी र पूर्वपदाधिकारीहरू छलफलमा बसे पनि नेपाली कांग्रेसभित्र देखिएको विवाद ठोस सहमतिमा पुगेन /देउवाले अनौपचारिक बैठकलाई शुक्रबार पनि निरन्तरता दिने /केन्द्रीय समिति बैठक कात्तिक २४ गतेसम्मका लागि स्थगित ।

५.(गोविन्द गर्जिए)
राजनीतिक दलका शीर्ष नेताहरुले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको डा. गोविन्द केसीको आरोप/आफुसँग भएका सम्झौताहरु कार्यान्वयनमा सरकार उदासिन देखिएको भन्दै निरन्तर खवरदारीको आवश्यकता रहेको उल्लेख ।

६.(सेनाध्यक्षको सम्मान)
नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता / नरवणेद्वारा नेपाली सेनाको मानार्थ महारथी ग्रहण/भारतद्वारा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण ।

७.(छुटेनन् हत्यारा !)
लेनदेनको विषयमा विवाद हुँदा रौतहटमा पुजारीको हत्या गर्ने प्रतिवादीहरू पुर्पक्षका लागि कारागार चलान /पुजारी हत्यामा राम नरेश पटेल, जयनारायण र बालकुमार भन्ने जयनारायण राउत पटेललाई थुनामा पठाउन जिल्ला अदालतको आदेश ।

८.(किन रोकिए भारतीय ?)
नेपालमै व्यापार व्यवसाय भएका भारतीय नागरिकहरुलाई नेपाल प्रवेश गर्न दिन भारतीय पक्षको अनुरोध / भारतमा नेपालीको आगमनमाथि प्रतिबन्ध नलगाइएको भन्दै आफ्ना नागरिकलाई पनि प्रवेशमा रोक नलगाउन नेपाललाई पत्राचार ।

९.(उखुको आँशु)
रौतहटको श्रीराम सुगर मिल्सले उखु किसानलाई नदिएको रकम एक महिना भित्र भुक्तानी हुनेगरी समन्वय गर्न उद्योग मन्त्रालयलाई संसदीय समितिको निर्देशन /श्रीराम सुगर मिल्सबाट किसानहरुले करिब ४१ करोड रुपैयाँ पाउन बाँकी ।

१०.(मन्त्रीको जो मर्जी)
देशमा लगानी भित्रिदैन भन्ने डरले चिनी मिल्सहरुलाई कारबाही नगरिएको उद्योगमन्त्री लेखराज भट्टको भनाई /किसान तथा श्रमिकलाई भुक्तानी नदिने उद्योगीहरुलाई अहिलेको अवस्थामा हतोत्साही गर्ने गरी कारबाही गर्न नहुने उल्लेख ।

११.(देहरादूनको पीडा)
दशैं टीकाका दिन भारतको देहरादूनमा निर्घात कुटिएका मध्ये ३९ विद्यार्थी काठमाडौं आइपुगे /दशैंका बेला भएको उक्त घटनाले आफूहरुलाई दुःखी बनाएको भन्दै फेरी भारत नपठाउने अभिभावकहरुको प्रतिक्रिया ।

१२.(सहज बन्दै साउदी )
साउदी अरेबियामा विदेशी श्रमिकहरुलाई अब रोजगारदाता परिवर्तन गर्न र स्वदेश फर्कन रोजगारदाताको अनुमति नचाहिने / सन् २०२१ को मार्च १४ देखि लागू हुने कानुनपछि स्वदेश फर्कंदा विद्युतीय माध्यममार्फत रोजगारदातालाई जानकारी भने गराउनु पर्ने ।

१३.(मैत्रीपूर्ण फुटबल)
गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपाली फुटबल टोली मैत्रीपूर्ण खेलका लागि बंगलादेश प्रस्थान /नेपाली टोलीले बंगलादेशको एक साता बसाईमा घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेर फर्किने ।

१४.(इतिहास बनाउँदै बाइडेन)
डेमोक्रेटिक उम्मेदवार जो बाइडेनद्वारा अमेरिकी राष्ट्रपति निर्वाचनकै इतिहासमा सबैभन्दा बढी लोकप्रिय मत प्राप्त/धाँधली भएको भन्दै मतगणना स्थगित गर्न माग गर्दै ट्रम्पको निर्वाचन अभियानद्वारा उजुरी /बाइडेन २६४ इलेक्टोलर मतका साथ अगाडि रहँदा ट्रम्पलाई २१४ मत ।

र,

१५.(कहरको कीर्तिमान)
हालसम्म कोरोनाबाट १२ लाख ३२ हजार बढी संक्रमितको मृत्यु /४ करोड ८५ लाख बढीमा संक्रमण पुष्टि हुँदा ३ करोड ४७ लाख बढी संक्रमण मुक्त /अमेरिकामा एकैदिन अहिलेसम्मकै धेरै एक लाख बढीमा सङ्क्रमण ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top