विद्युत प्राधिकरणका इन्जिनियर १० लाख घुससहित रगेंहात पक्राउ

१९ कात्तिक ७७, बिहीबार

२० कात्तिक, हेटाैँडा ।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले रु १० लाख घुस रकमसहित विधुत प्राधिकरणका इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई रगेंहात पक्राउ गरेको छ ।

हेटौडा–भरतपुर–वर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौ तहका इन्जिनियर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको जनाएको छ ।

Advertisement

प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको आयोगको टोलीले पक्राउ गरेको आयोगको कार्यालयले जनाएको छ ।

हेटौँडाको बसपार्कमा रहेको एक होटलबाट उनलाई पक्राउ गरिएको हो । ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इन्जिियिर जैसवालले रु १० लाख रकम मागेका थिए ।

Advertisement

उक्त अवैध रकम होटलमा लिने क्रममा उनी पक्राउ परेको आयोगका कार्यालय प्रमुख बाबुराम खतिवडाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top