×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

दिल्लीलाई पराजित गर्दै मुम्बई आईपीएलकाे फाइनलमा

२१ कार्तिक २०७७

२१ कात्तिक, एजेन्सी।
मुम्बई इन्डियन्स् इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । बिहिबार राती दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई आईपीएल छैटौं पटक फाइनलमा प्रवेश गरेको हो ।

Advertisement
Advertisement

यसअघि मुम्बई पाँच पटक फाइनलमा पुग्दा चार पटक उपाधि जितेको थियो । जितको लागि २ सय १ रनको विजयी लक्ष्य पछएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । दिल्लीका मार्कस स्टोइनिसले ४६ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ६५ रनको योगदान दिए ।

दिल्लीले खराब सुरुवात गरेको थियो । शीर्षक्रमका तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् । ट्रेन्ट बोल्टले ओपनर पृथ्वी शालाई दोस्रो बलमा क्विन्टन डी ककबाट शून्यमा आउट गरे । पाँचौ बलमा अजिंक्या रहाणे शून्यमा एलबिडब्लू आउट हुन पुगे । दोस्रो ओभरको दोस्रो बलमा जस्प्रित बुमराहले योर्कर बलमा शिखर धवनलाई शून्यमा बोल्ड आउट गरेका थिए ।

श्रेयस ऐर १२ रनमा क्याच आउट भएपनि दिल्लीको जित कठिन बनेको थियो । एक समय दिल्लीले प्रमुख तीन विकेट गुमाउँदा कुनै रन जोडेको थिएन । तल्लोक्रममा ऋषभ पन्त ३ रनमा क्याच आउट भए । अक्षर पटेल ३३ बलमा २ चौका र ३ छक्का सहित ४२ रनको योगदान दिदा कागिसो रबाडाले १५ रनको योगदान दिए ।

जस्प्रित बुमराहले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर ४ विकेट लिए । बोल्टले २ ओभरमा १ मेडन सहित ९ रन खर्चेर २ विकेट लिए । क्रुनाल पान्ड्या र काइरन पोलार्डको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय रन बनाएको थियो । मुम्बईलाई बलियो योगफलमा पुर्याउन ईशान किशन ३० बलमा ४ चौका र ३ छक्का सहित ५५ रनमा अविजित रहेका थिए । आक्रामक ब्याटिङ गरेका हार्दिक पान्ड्या १४ बलमा ५ छक्का सहित ३७ रनमा अविजित रहे ।

मुम्बईले अन्तिम पाँच ओभरमा ७८ रन जोडेको थियो । छैटौं विकेटका लागि किशन र पान्ड्याले २३ बलमा ६० रनको अविजित साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका थिए । ओपनर रोहित शर्मा दोस्रो ओभरको तेस्रो बलमा गोल्डेन डक आउट हुन पुगेका थिए । स्पिनर रविचन्द्रन आश्विनको बलमा एलबिडब्लू आउट हुँदै रोहितले खाता नोखोली पेभिलिएन फर्किए ।

रोहित शून्यमा आउट भएपनि दोस्रो विकेटका लागि क्विन्टन डी कक र सूर्यकुमार यादवले ६२ रनको साझेदारी गर्दै दिल्लीमाथि दबाबमा बढाएका थिए । आश्विनको आठौं ओभरको तेस्रो बलमा अघि सरेर ठूलो सट खेलेका डी कक लङअफमा शिखर धवनबाट ४० रनमा समातिन पुगे । आक्रामक सुरुवात दिलाएका डी ककले २५ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

तीव्र गतिका बलर एनरिच नोर्कियाको १२ औं ओभरको पाँचौ बलमा लेग साइडमा छक्का प्रहार गर्न खोजेका सूर्यकुमार टप एज लाग्दै ड्यानियल साम्साट ५१ रनमा समातिन पुगेपछि मुम्बई केहि दबाबमा परेको थियो । यादवले ३८ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

१३ औं ओभरको दोस्रो बलमा आश्विनले आक्रामक ब्याट्सम्यान काइरन पोलार्डलाई कागिसो रबाडाको हातबाट लङअनमा शून्यमा क्याच गराएपछि मुम्बई १०१–४ को अवस्थामा पुगेको थियो । पाँचौ विकेटका लागि क्रुनाल पान्ड्या र ईशान किशनले ३९ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए ।

दिल्लीले यी दुई खेलाडीको साझेदारी तोड्न वैकल्पिक बलर मार्कस स्टोइनिस प्रयोग गरेको थियो । स्टोइनिसले आफ्नो पहिलो बलमै क्रुनाललाई १३ रनमा साम्सबाट क्याच आउट गराए । १७ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका क्रुनाल डिप प्वाइन्टमा साम्सबाट समातिन पुगेका थिए । उनले १० बलमा १ छक्का प्रहार गरे ।

दिल्लीका स्पिनर रविचन्द्रन आश्विनले ४ ओभरमा २९ रन खर्चेर प्रमुख तीन विकेट लिए । मार्कस स्टोइनिसले १ ओभरमा ५ रन खर्चेर १ विकेट लिए । एनरिच नोर्कियाले ४ ओभरमा ५० रन खर्चेर १ विकेट लिए । कागिसो रबाडा र ड्यानियल साम्सले भने कमजोर प्रर्दशन गरे । समान ४ ओभरमा साम्सले ४४ र रबाडाले ४२ रन खर्चिदा विकेटबिहिन बने ।

Advertisement

फाइनल प्रवेशको लागि दिल्लीले थप एक मौका पाउने छ । शुक्रबार एलिमिनेटरमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुने छ । जसको विजेताले दिल्ली क्यापिटल्ससँग फाइनल प्रवेशको लागि आइतबार प्रतिस्पर्धा गर्ने छ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top