×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कोरोनाले घट्यो सिकार : एक झारल र एक नाउर मारिने

२२ कार्तिक २०७७

२२ कात्तिक, गलकोट।

कोरोना कहर हुन्थेन भने यतिबेला बागलुङको ढोरपाटन सिकार आरक्षमा विदेशी पर्यटकको चहल पहल हुन्थ्यो । तर, यस वर्षको पहिलो सिकार याम शुरु भइसके पनि हालसम्म विदेशी सिकारी आउन सकेका छैनन् । कोरोना अगाडि धेरै नाउर र झारल शिकार गर्ने नेपालको एक मात्रै ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा जम्मा एक नाउर र एक झारल मात्र सिकार हुने भएको छ ।

कोरोना त्रासले गत वर्षको चैतदेखि सिकार हुँन नसकेको आरक्षमा यस वर्षको पहिलो याममा तोकिएको झारल र नाउरको सिकार हुने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो याममा १० नाउर र ६ झारलको शिकारको लागि असोज ९ गते बोलपत्र प्रकाशन गरेकोमा कोरोनाले गर्दा एउटा कम्पनीले मात्रै आवेदन दिएको छ ।

विभागले अन्र्तराष्ट्रिय बोलपत्र आह्वान गरे पनि नेपाल ट्राभल्स कम्पनीले मात्र प्रस्ताव पेश गरेको थियो । सिकार आरक्षको धुस्तुङ्ग ब्लकमा एक झारल र एक नाउरको सिकार गर्न उक्त कम्पनीलाई अनुमति दिएको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।

“गत वर्षको दोस्रो सिजनमा कोरोनाले गर्दा १० नाउर र पाँच झारलको शिकार अनुमतिमै सीमित हुन पुगेको थियो”, कँडेलले भने, “यस अघि अनुमति लिए पनि बन्दाबन्दीले सिकार भएन ।” कँडेलका अनुसार कोरोनाले विदेशी सिकारीले बुझाउने राजश्व शून्य जस्तै भएको बताए ।

नेपाल ट्राभल्स सफारी कम्पनीमार्फत बेल्जियम नागरिक मंसिर पहिलो हप्ता ढोरपाटन आउने छन् । विदेशी सिकारीले नाउरको लागि रु.एक लाख ६० हजार र झारलको लागि रु. ९० हजार मात्रै राजश्व बुझाएका छन् । प्रतिस्पर्धा नहुँदा नाउर र झारलको सिकार मुल्य निकै घटेर गएको छ । सिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा सिकार गर्नेछन् । आरक्षणमा सिकारका लागि अमेरिका, रसिया, स्पेनलगायतका देशबाट धनाढ्य सिकारी हेलिकप्टर चार्टर गरी ढोरपाटन आउने गरेका छन् ।

कोरोना अघि हिमालयन सफारिज, ग्लोबल सफारिज, नेपाल वाइल्ड लाइफ एडभेन्चर, हिमालय आउटफिटर, ट्रयाक एन्ड ट्रेल्स, नेपाल वाइल्ड फाई, समारीलगायत कम्पनीमार्फत सिकारी आउने गरेका थिए । कोरोनाले यस वर्ष अन्य कम्पनीले बोलपत्रै भरेनन् । आरक्षमा असोज–मंसिर पहिलो र फागुन– वैशाख दोस्रो याममा सिकार हुने गरेको छ । बागलुङ, रुकुम र म्याग्दीका केही भागमा यो आरक्ष फैलिएको छ । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी सात ब्लकमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था गरिएको छ । यसको सुरक्षाका लागि नेपाली सेनाको सत्रुमर्दन गुल्म समेत आरक्ष क्षेत्रमा स्थापना गरिएको छ । – रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top