२२ कार्तिक, बुटवल ।
भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा शनिबार विहान एक संक्रमितको मृत्यु भएको छ ।
दाङको घोराही उपमहानगरपालिका–१५ का ५९ वर्षीय पुरुषको मृत्यु भएको हो । कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएका उनी कात्तिक २० गते साँझ भेरी अस्पतालमा भर्ना भएकामा शनिबार विहान साढे ५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
भेरी अस्पताल आउनुअघि उनको कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचार गरिएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दाङमा ज्यान गएका कोरोना संक्रमितको संख्या १८ पुगेको छ ।