मतभेदहरु थाँती राखेर देशका लागि एक हुनुपर्छः जो बाइडेन

२१ कात्तिक ७७, शनिबार

२२ कार्तिक, एजेन्सी ।
अमेरिकाका डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले आफूहरु जितको मार्गका रहेको बताउँदै देशलाई एकीकृत गराउनका लागि सबै मिलेर काम गर्नु पर्ने बेला आएको उल्लेख गरेका छन् ।

गृह राज्य डेलवरको विलमिङ्गटनमा नेपाली समय अनुसार शनिबार बिहान सम्बोधन गर्दै पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले जनताको आवाज सुनिनु पर्ने बताए। उनले भने, ‘हामी यो दौड जित्दै छौँ । तर जनताको हरेक आवाज सुनिनु पर्छ र सुनिने छ ।’

उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसका साथमा उपस्थित भएका बाइडेनले तनाव र विभाजन उच्च रहेको बताउँदै अहिलेको आवश्यकता सबै एकीकृत भएर देशका रुपमा आउनु पर्ने बेला रहेको बताए ।

उनले भने, ‘भिन्न विचारहरु छन् । तर त्यसलाई सम्बोधन गर्दै हामी देशका रुपमा आउनु पर्ने छ । हामी त्यसका लागि तयार छौँ ।’ उनले आफू सत्तामा आएपछि आफूलाई मत दिनेको मात्रै होइन विपक्षमा मत दिनेहरुको पनि अर्थात सम्पूर्ण अमेरिकीको राष्ट्रपति बन्ने बताए ।

उनले देशमा कोरोना भाइरसको महामारी नियन्त्रणमा लिनु पर्ने, गिरेको अर्थतन्त्र उकास्नु पर्ने, संस्थागत रुपमा रहेको रंगभेद, जलवायु परिवर्तनसहितका टड्कारो समस्या समाधानको पक्षमा काम गर्नु पर्ने बताए । त्यसका लागि आफूले काम गर्नका लागि प्रयास थालिसकेको उनले बताएका छन् ।

उनले मतभेदहरु थाँती राखेर देशका लागि एक हुनुपर्नेमा जोड दिए । उनले भने, ‘हामी प्रतिस्पर्धी हुन सक्छौँ, तर शत्रु होइनौँ ।’ उनले भावी पुस्ताका लागि आशावादी रहेको बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘धाँधली’ तथा ‘छल’ गरेर आफूबाट नतिजा खोसिएको आरोप लगाएका बेला बाइडेनले राष्ट्रका नाममा सम्बोधन गरि एकताको सन्देश दिएका हुन् । मतगणना अन्तिम चरणमा पुग्दा महत्वपूर्ण राज्यहरुमा जो बाइडेनले अग्रता कायम गरेका छन् ।

अमेरिकामा नोभम्बर ३ मा राष्ट्रपतिसहित सिनेट, हाउस अफ रिप्रिजेन्टेटिभ तथा राज्यका संसद एवम् स्थानीय तहका लागि मतदान भएको थियो । अधिकांश अरु पदको नतिजा आए पनि राष्ट्रपति चुनावको नतिजा केही ‘ब्याटलग्राउण्ड’ राज्यहरुमा गएर अड्किएको छ ।

आफू पछि पर्दै गएपछि ‘धाँधली’ आरोप लगाए केही राज्यमा मतगणना रोकिनु पर्ने माग गरेका ट्रम्पले अदालतको ढोका ढकढक्याए पनि त्यसमा सफल भएका छैनन् । तर बाइडनेले जनमत सुनिनु पर्नेमा जोड दिएका छन् ।

अहिले नर्थ क्यारोलाइना र अलास्का बाहेकका चार ‘ब्याटलग्राउड’ राज्यहरुमा बाइडेनले आफ्नो अग्रता कायम राखेका वा ट्रम्पलाई पछि पारेर अग्रता लिएका छन् ।

बाइडेनले २० तथा १६ लेक्टोरल कलेज मत रहेको पेन्सिलभेनिया र जर्जिया राज्यमा ट्रम्पलाई पछि पारेर अग्रता लिएका छन् । यस्तै उनले नेभाडा र एरिजोनामा आग्रता कामय राखेका छन् । एरिजोनामा उनको अग्रता केही कम भएको छ । नेभाडामा ६ र एरिजोनामा ११ इलेक्टोरल कलेज मत छ ।

ट्रम्पले नेपाली समय अनुसार शुक्रबार बिहान ह्वाइट हाउस मार्फत गरेको सम्बोधनको क्रममा वैध मतका आधारमा आफू विजयी भएको दाबी गरेका थिए । उनले भनेका थिए, ‘वैध मतका आधारमा हामी विजयी भएका छौँ, तर अवैध मतका आधारमा उनीहरु जित्न चाहन्छन् ।’

त्यसपछि उनले सामाजिक सञ्जालमा लगातार पोस्ट गरेर धाँधली तथा आफूबाट नतिजा छिनिएको आरोप लगाइरहेका छन् । पेन्सिलभेनियामा पराजित भएमा ट्रम्पको दोस्रो कार्यकाल ह्वाइट हाउसमा रहने सपना औपचारिक रुपमा सकिने छ ।

उनले मतगणना गर्ने कर्मचारीमाथि धाँधलीको आरोप लगाए । ट्रम्पले हुलाक मार्फत गरिएका मतदान अवैध रहेको आरोप लगाएका छन् । कोरोना भाइरसको महामारीका कारण यो वर्ष १० करोड भन्दा बढि अमेरिकीले हुलाक मार्फत वा अग्रिम मतदान केन्द्रमा गएर मतदान गरेका थिए ।

प्रमुख ब्याटलग्राउण्ड राज्यहरुमा अहिले अधिकांश रुपमा हुलाक मार्फत आएका मत गणना भइरहेको छ । पहिले चुनावको दिन भएका मतदान गणना भएपछि राज्यहरुले हुलाकबाट आएका मत गन्न थालेका हुन् ।

चुनावको दिन भएको मतदानमा अघि देखिएका राज्यमा ट्रम्प हुलाकबाट आएका मत गणना हुन थालेपछि पछि परेका हुन् । डेमोक्र्याटहरुले अग्रिम मतदान गर्न आफ्ना मतदातालाई आग्रह गरेका र रिपब्लिकनको तुलनामा डेमोक्र्याटहरुले कोरोना भाइरसको महामारीका कारण अग्रिम मतदान गरेका थिए ।

अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५३८ मध्ये २७० इलेक्टोरल कलेज मत चाहिन्छ । सो आँकडाको यात्रामा मतगणना जारी रहँदा बाइडेन अघि देखिएका छन् ।

न्यूर्योक टाइम्सका अनुसार अहिलेसम्म बाइडेनको पक्षमा २५३ तथा ट्रम्पको पक्षमा २१४ इलेक्टोरल कलेज मत रहेको छ । सिएनएनका अनुसार बाइडेनको पक्षमा २५३ र ट्रम्पको पक्षमा २१३ मत रहेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top