करेन्ट लागेर मोरङका २ जनाको मृत्यु

२२ कात्तिक ७७, शनिबार
Share this
772shares

२२ कार्तिक, विराटनगर ।
मोरङका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

Advertisement

शुक्रवार दिउँसो उर्लावारी–९ मा रहेको मावा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा स्थानीय ३५ बर्षीय बिनोद परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका परियारलाई उपचारको लागि अरनिको अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

Advertisement

यसैगरी मोरङकै पथरीशनिश्चरे–८ शुक्रवारेमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर सुनसरी रामधूनी – ८ का ४५ सबुरलाल चौधरीको मृत्यु भएको छ ।

शुक्रवार बेलुका पथरीशनिश्चरे–८ का राज नारायण चौधरीको घरमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर घाईते भएका चौधरीलाई उपचारको लागि मोरङ अस्पताल पथरी पठाईएकोमा उनको पनि उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top