दुर्लभ हिउँचितुवाको आहारा नाउरको गणना गरिँदै

२२ कात्तिक ७७, आइतबार

२२ कात्तिक, डाेल्पा ।

नेपालकै ठूलो शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु नाउरको गणना गर्ने भएको छ । विश्वमै दुर्लभ मानिने वन्यजन्तु हिउँचितुवाको प्रमुख आहाराको रुपमा रहेको नाउरको दोहोरो पर्यवेक्षण सर्वेक्षण विधिबाट गणना गर्ने निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्ज क्षेत्रमा पर्ने जगदुल्ला, फोक्सुण्डो, साल्दाङलगायत छ वटा नाउर ब्लगमा पुगेर गणना गरिने निकुञ्जको भनाइ छ । गणनाका लागि निकुञ्ज, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, चोरी सिकारी नियन्त्रण समिति, विश्व वन्यजन्तु कोषका प्रतिनिधि, हिउँचितुवा संरक्षण समितिसहित ६५ जनाको टोली परिचालन गरिने बताइएको छ ।

Advertisement

निकुञ्जको एक हजार तीन सय ६६ वर्गकिलोमिटर क्षेत्रमा पुगेर नाउर गणना गरिनुका साथै गणनामा जाने टोलीलाई विशेष तालिमसमेत दिइने बताइएको छ । करिब दुई हप्ता समय लगाएर नाउरको गणना गरी तीनदेखि चार महिनाभित्र सङ्ख्या सार्वजानिक गरिने निकुञ्जले जनाएको छ । अबको एक÷दुई दिनभित्रै गणनाका लागि टोली हिँड्ने बताइएको छ ।

प्रत्येक वर्ष गरिँदै आएको नाउर गणनाले हिउँचितुवा तथा नाउर संरक्षणको वर्तमान अवस्था बुझाउनुका साथै कार्यालयलाई सोहीअनुसारको सुरक्षा रणनीति अपनाउन सहयोग पुग्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए ।

Advertisement

उनका अनुसार सन् २०१८ मा निकुञ्जको डोल्पा क्षेत्रमा दुई हजार सात सय दुई र सन् २०१९ मा चार हजार एक सय ३६ वटा नाउर गणना गरिएको थियो । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको आयोजना र विश्व वन्यजन्तु कोषको आर्थिक तथा प्राविधिक सहयोगमा नाउर गणना गर्न लागिएको हो ।

यो गणनाले दुर्लभ वन्यजन्तु हिउँचितुवा र नाउरको सङ्ख्या आकँलनमा समेत ठूलो सहयोग पुग्ने निकुञ्जले जनाएको छ । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सबैभन्दा धेरै हिउँचितुवाको घनत्व भएको निकुञ्ज रहेको बताइएको छ ।

रासस

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top