२२ कात्तिक, तुलसीपुर ।
दाङको तुलसीपुरमा बलात्कार विरुद्ध प्रदर्शन गरिएको छ । ‘अझै कति सहने ?’ अभियान अन्तर्गत ‘अ रेपिष्ट इन योर पाथ’ले दाङसहित देशैभर एकै पटक सामुहिक प्रदर्शन गरेको हो ।
७ बुँदे मागसहित दिउँसो ३ बजे तुलसीपुरसहित देशैभर सामुहिक प्रदर्शन गरेको ‘अझै कति सहने ?’ अभियानका अभियन्ता स्वीकृति डाँगीले जानकारी दिइन् ।
सरकार तेरो पाराले दुःख पायो साराले, बलात्कार कहिले सम्म हामी चुप जहिलेसम्म, पितृ सत्ताको नियमले हामलाई सधै अन्याय गर्छ, अझै कति सहने, मेरो दोष कसरी, हामी चुप कहिले सम्म, स्टोप रेप जस्ता नारा लेखिएका प्ले कार्डसहित किशोरीहरु प्रर्दशनमा उत्रिएका थिए । त्यसैगरी घोराहिमा पनि सामुहिक प्रदर्शन गरिएको छ ।
पाथले जबरजस्ती करणीमा हदम्याद नलाग्ने व्यवस्था हुनुपर्ने, जबरजस्ती करणी कसुर भए कम सजाँय तोक्न नमिल्ने व्यवस्था हुनुपर्ने, राष्ट्रपतिद्धारा यस कसुरमा माफि वा मुल्तवी, परिवर्तन वा कम सजाँय दिन नमिल्ने व्यवस्था हुनुपर्ने, उमेर अनुसार कैद सजाँय हटाई १८ वर्ष माथि भए जन्मकैद र मुनि भए आजीवन काराबासको व्यवस्था हुनुपर्ने लगायतका माग अघि सार्दै आएको छ ।
