अरुण तेस्रोको निरीक्षण गर्न प्रधानमन्त्री बुधबार सङखुवासभा जाने

२४ कार्तिक, संखुवासभा ।
प्रधानमन्त्री केपी शर्मा ओली सङखुवासभा आउने भएका छन् ।

कातिक २६ गते बुधबार संखुवासभाको किमाथाङ्का, च्याम्ताङ र फ्याक्सिन्दा (अरुण तेश्रो) को अनुगमन गर्न आउन लागेका हुन् । प्रधानमन्त्रीको भ्रमणबारे प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको हो ।

बिहान ८ बजे हेलिकप्टर मार्फत किमाथाङका ओर्लीने र किमाथाङ्का नाकाको अनुगमन गर्नुहुने कार्यक्रम रहेको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले जानकारी दिए।

Advertisement

नाकाको अनुगमन पश्चात उत्तर दक्षिण कोशी राजमार्गको अनुगमन गर्न च्याम्ताङ पुग्नेछन् । उक्त राजमार्गको अवलोकन पछि हेलिकप्टर मार्फत अरुण तेश्रो परियोजनाको अनुगमनगर्न ड्याम साईड निर्माण क्षेत्र फ्याक्सिन्दा दोभान आउने कार्यक्रम रहेको समेत जिल्ला समन्वय प्रमुख शाक्यले जानकारी दिए ।

फ्याक्सिन्दाको कार्यक्रम सम्पन्न पश्चात दिउँसो ३ बजे प्रधानमन्त्रीओली काठमाडौं फर्किनेछन् । प्रम ओलीको जिल्ला भ्रमण ब्यवस्थापनका लागि आईतबार जिल्लाका सरोकारवालाको बैठक बसेको छ ।

Advertisement

समन्वय समितिको अध्यक्षता तथा जिल्लाका सांसदहरु, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु र अन्य सरोकारवालाहरु बैठक बसेर भ्रमण ब्यवस्थित बनाउने निर्णय गरेका छन् ।

किमाथाङ्कामा भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बाभोटे लगायतका जनप्रतिनिधि र स्थानीय नागरिकले प्रम ओलीको स्वागत गर्ने तयारी गरिएको छ ।

त्यस्तै, च्याम्ताङमा त्यहाँका वडा अध्यक्ष र स्थानीय नागरिकहरुले स्वागतगर्ने छन् भने फ्याक्सिन्दा दोभानमा जिल्लाका जनप्रतिनिधि र अरुण तेश्रोका प्रतिनिधिले स्वागत गर्ने कार्यक्रम रहेको जिल्ला समन्वयप्रमुख शाक्यले जानकारी दिए ।(गोरखापत्र)

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top