मोरङमा कोरोना संक्रमणबाट आज एकैदिन ९ जनाको मृत्यु

२५ कात्तिक, विराटनगर । मोरङको विभिन्न ठाँउमा आज मंगलबार एकैदिन ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको विराटनगरमा आठ जना र सुन्दरहरैंचा नगरपालिकामा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

विराटनगरमा मृत्यु भएका आठजना अस्पतालमा थिए भने सुन्दरहरैंचाका संक्रमितको घरमै मृत्यु भएको हो ।

संक्रमणका कारण विराटनगरको नोबेल शिक्षण अस्पतालमा पाँच कोरोना संक्रमितको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा दुईजना र न्यूरो अस्पतालमा एकजनाको मृत्यु भएको हो ।

Advertisement

झापा गौरादह–५ का ६५ वर्षीय वृद्धको नोबेल अस्पतालमा मंगलबार बिहान ८ः२५ बजे मृत्यु भएको छ ।
यसैगरी तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको पनि मंगलबार बिहान करिब ८ः२० बजे नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

झापाको हल्दिबारी–४ का ७० वर्षीय वृद्ध पुरुषको पनि नोबेल अस्पतालमै मृत्यु भएको छ ।

Advertisement

यस्तै उदयपुरको त्रियुगा–३ का २१ वर्षीय युवकको पनि नोबेलमा मृत्यु भएको छ । उपचारका क्रममा मंगलबार बिहान करिब ५ः३० बजे उनको मृत्यु भएको हो अस्पतालले जनाएको छ ।

मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्धको पनि नोबेलमै मृत्यु भएको छ । उनको मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको हो ।

यसैगरी सुनसरीको इटहरी–५ की ६९ वर्षीय वृद्धाको विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । उनको मंगलबार बिहान ८ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

कोशीमै विराटनगर–३ का ७७ वर्षीय वृद्धको पनि मृत्यु भएको छ । उनको मंगलबार बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको छ । उनको सोमबार राति ९ः५० बजे मृत्यु भएको हो ।

मोरङकै सुन्दरहरैँचा–७ की ७७ वर्षीया वृद्धा महिलाको भने आफ्नै घरमा ज्यान गएको छ ।

कोरोना पुष्टि भएको २४ घण्टा पनि बित्न नपाउँदै उनको मंगलबार बिहान ७ः३० बजेतिर मृत्यु भएको हो ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top