तरकारी खेती गरी गाउँमै आम्दानी गर्दै युवा

२४ कात्तिक ७७, मंगलबार

२५ कात्तिक, बनेपा ।

काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली–७ मादनकुँडारीका युवा दवामानसिं लामा यतिबेला बारीमा उत्पादन भएको तरकारी बजारमा बेच्नमा व्यस्त छन् । आफ्नै बारीमा मौसमअनुसारको थरिथरिका तरकारी फलाउँदै आएका उनी हिजोआज बन्दाकोभी बेच्न व्यस्त बनेका हुन्।

विगत केही वर्षदेखि तरकारी उत्पादन गर्दै बजारीकरण गरेर आम्दानीको स्रोत पहिल्याउँदै आएका उनले बारीमा बन्दाकोभी, धनियाँ, पालुङ, घ्यूसिमी, काउली, चमसुर, मेथी, लसुन, बोडी र सागसब्जी उत्पादन गर्दै आएका छन् । “समयअनुसारको तरकारी खेती गरी आर्थिक उपार्जनमा लागिरहेको छु”, उनले भने, “हिजोआज बन्दाकोभीको मौसम भएकाले त्यही बजारीकरण गर्दैमा व्यस्त छु ।”

Advertisement

बन्दाकोभीसँगै हरियो धनियाँ, पालुङ्गो, चमसुर पनि उत्पादन भइरहेको उनको भनाइ छ । यसअघि बोडी उत्पादन गरी बिक्री गरिसक्नुभएका उनले दुःख गरे गाउँमै बसेर पनि तरकारी खेतीबाट आम्दानी गर्न सकिने भएपछि त्यसतर्फ लागेको बताए । करिब पाँच वर्ष अगाडि क्षेत्रीय कृषि तालिम केन्द्र धनुषाबाट ५१ दिनको तरकारी खेती गर्ने तरिकासम्बन्धी तालिम लिनुभएका लामाले करिब एक वर्ष अगाडिबाट निरन्तर खेतीमा लाग्दै आएका छन् ।

बारीमा उत्पादन गरेको तरकारी गाउँकै मादन, कुँडारी, कात्तिके देउरालीको बजारमा बिक्री हुने गरेको छ । एकातिर बजार सानो अर्कोतिर आफ्नो भएको थोरै बारीमा उत्पादन गरेको तरकारी बिक्रीका लागि खासै समस्या नभएको उनले बताए। “बजार पनि सानो छ तर पनि उत्पादन भएको तरकारी बिक्री भएन भनेर चिन्तित हुनुपर्ने अवस्था छैन”, उनले भने, “बजारमा बिक्रीसँगै वडामा भएको सरकारी कार्यालयमा कार्यरत कर्मचारी आफँैले पनि ताजा तरकारीका लागि बारीमा नै आएर लाने गर्नुहुन्छ ।”

Advertisement

सँगै तालिम लिएका साथीहरूले व्यावसायिकरूपमा काम नगरे पनि आफूले भने सिकेको सीपलाई व्यावहारिकरूपमा कार्यान्वयनमा ल्याएको उनले बताए । “धेरै आम्दानी गर्न नसके पनि एकातिर तरकारी के खाने भन्ने चिन्ता छैन, अर्कोतिर अध्ययन र घर खर्चका लागि कुनै समस्या छैन”, उनले भने, “अहिले पछिल्लो समयमा भने बजारको मागका आधारमा तरकारी उत्पादन गर्ने गरेको छु ।” यद्यपि पर्याप्त मात्रमा सिँचाइको व्यवस्था नहुँदा भने निकै समस्या व्यहोर्नुपरेको उनको भनाइ छ । पानीको प्रशस्त व्यवस्था नहुँदा सोचेजति उत्पादन गर्न नसकेको उनले बताए।

अहिले उनी हातधुने र कपडा धोएर खेर जाने पानीलाई सङ्कलन गरेर तरकारी खेती गर्छन् । त्यसका लागि गाउँपालिका र वडाले सिँचाइको व्यवस्थापन गरेको खण्डमा कृषिमा लाग्न चाहने युवाहरूका लागि धेरै सहज हुने उनको भनाइ छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top