लमजुङको हर्सिङडाँडामा प्याराग्लाईडिङको समेत सफल परिक्षण

२४ कात्तिक ७७, मंगलबार

२५ कात्तिक, लमजुङ ।

उत्तरी लमजुङको मस्र्याङदी गाउपालिका–३ स्थित ऐतिहासिक पर्यटकिय हर्सिङडाँडाबाट प्याराग्लाईडिङको सफल परिक्षण भएको छ । मस्र्याङदी गाउँपालिका–३ अन्तर्गत ऐतिहासिक हर्सिङडाँडाको पर्यटन प्रवद्र्धनमा थप विकास गर्ने उद्देश्यले प्याराग्लाईडिङको परिक्षण गरिएको हो ।

मस्र्याङदी गाउँपालिकाको समन्वयमा पोखरास्थित ओपन स्काई प्याराग्लाईडिङ प्रालिले दुईवटा परिक्षण उडान गरेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । आन्तरिक पर्यटकहरुको आगमन दिनप्रतिदिन बढ्दै गएको ऐतिहासिक हर्सिङडाँडालाई प्याराग्लाईडिङको गन्तव्य बनाउने लक्ष्य राखि परिक्षण उडान गरेको अध्यक्ष गुरुङको भनाई छ ।

Advertisement

पहिलो पटक गरिएको परिक्षण उडान सफल भएसँगै हर्सिङडाँडा प्याराग्लाईडिङको लागि उपयुक्त गन्तव्य रहेको अनुमान गरिएको छ । परिक्षण उडान सफल भएसँगै यसको सम्भाव्यतालाई थप अध्यन गरी आवश्यक विकास र प्रवद्र्धनका लागि सरोकारवालासँग आवश्यक सहकार्य गरि अघि बढ्ने अध्यक्ष गुरुङको भनाई छ ।

पालिकाभित्र नै पहिलो पटक गरिएको प्याराग्लाईडिङमा ओपन स्काई प्याराग्लाईडिङ प्रालिका फ्लाईट पाइलट नुरेन रानाले गाउँपालिका अध्यक्ष गुरुङलाई लिएर उडाएका थिए भने अर्का फ्लाईट पाइलट सुमन मगर एक्लैले प्याराग्लाईडिङ उडाएका थिए । अंग्रेज नेपाल युद्धका नाईके सरदार भक्तीथापाको जन्मथलो समेत रहेको हर्सिङडाँडाको प्रवद्र्धनका लागि यसअघिनै विबिध गतिविधी गरेको बताउदै गाउपालिकाका उपाध्यक्ष होमबहादुर विकले प्याराग्लाईडिङको गन्तव्य बन्नसके थप पर्यटक आकर्षण गर्न सकिने बताए

पछिल्लो समय कोरोना भाईरस संक्रमण जोखिमका बाबजुत पनि पर्यटकहरु हर्सिङडाँडामा पुग्ने गरेका छन् । दैनिक ५०/६० जनाको हाराहरीमा आन्तरिक पर्यटक पुग्ने उक्त ऐतिहासिक स्थलमा थप पर्यटकिय संरचना निर्माण गर्नसके स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गर्न सकिने मस्र्याङदी ३ का वडा अध्यक्ष प्रेमबहादुर वस्नेतको भनाई छ ।

विश्वप्रसिद्ध अन्नपुर्ण पदमार्ग अन्तर्गत मस्र्याङदी–३ खुदीबजारबाट साढे १२ किलोमिटर दूरीमा रहेको हर्सिङडाँडामा हाल कच्ची मोटरबाटो निर्माण भईसकेको छ । सरदार भक्ति थापाले बाल्यकालमा बस्तु चराउने तथा खेल्ने थलोको रुपमा चिनिएको हर्सिङ डाँडामा अझैपनि ऐतिहासिक सम्पदाका बस्तुहरु रहेको बताईएको छ ।

समुन्द्री सतहबाट दुईहजार दुईसय ६० मिटर उचाईमा रहेको हर्सिङडाँडा प्राकृतिक दृष्यावलोकनको निम्ती पनि महत्वपुर्ण मानिन्छ । उक्तस्थानबाट बाट बुद्ध, हर्कपिक, ङादी पिक, हिमचुली, लमजुङ, माछामुच्छ्रे लगायतका दर्जनौं हिम श्रृंखला देख्न सकिन्छ ।

हर्सिङडाँडाको प्रवद्र्धन सँगै नजिकै रहेका ढंगै र सिउरुङमा यसअघिनै व्यवसायिक होमस्टे सञ्चालनमा आएका छन् । व्यवसायिक व्याराग्लाईडिङ शुरुभएसँगै उक्त होमस्टे गाउँहरुमा पनि थप पर्यटकिय चहलपहल हुने विश्वास गरिएको छ ।

पछिल्लो समय पोखराबाट प्याराग्लाईड विस्थापित हुने हल्लासँगै नयाँ सम्भाव्यता खोजि भईरहेका बेला लमजुङको राईनासकोट, हर्सिङडाँडा, बेसीशहरको पुमा, लगायतका ठाउँहरुको सम्भाव्यताले व्यवसायिक प्याराग्लाईड गर्नेहरु उत्साहित भएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top